Posted by: nepalean September 20, 2005
Login in to Rate this Post:
0
?
अध्याय १०
-------------------------
केटाहरुले अच्छा पिङ हाल्ने भए , आफु त त्यस बेला टारिआं शेस पैतालिस पाकेर भित्राउनै हैरान।
अब पिङको बाया लिन जान्चू भनेको त हो नि, बा जङ्गिएर क्यार्नि । म त जान देलान भनेको
त 'तलाइ साइदूवा तलाइ काट्टो खान पर्दैन ? अब यो बुढो हड्डिलाइ घोटेर त चै बन जा पो भन्चन'।
अनि त कामि सेतेले उदाको कराउते आंसि लिएर लागे नि ओरालो सुरौदी खोलातिर ।
बल्ल धानको काट्टो लाउनु पनि काटेर सकियो , यसो साझा पख पिङ तिर जान्चु भनेको त
आमा कारउन थालिन ' त्यो भैसि तेरो सम्दिले दुउन्च ? पिङ गए ढिङ ल्याउच , रोदि
गए एउटि ल्याउच, जान पर्दैन त्या ' भो अब के भन्लान दादा, सिरे, खेमेहरु ले ।
यसो स्वार तिर जान्चु भनेर टाप दिए छापाको चौतारो तिर । के गएर उभिइको थेइ गाइपानि
मिने त २ रुपैया ले पो भन्च । हैन यो बस पार्कको मेला हो कि क्या हो भनेको त मिलि नमिले
अङ्गरेजो पो बोल् च । ' u money give. why no give. i say give
and u give. no give no play ping. u money no give me.
khem give money.' अब दिन भर रोटेपानि टारिमा धान काटेर आको तेइ कट्टु
लार आको थिए यसो खोल्ति छामेको त धानका गेडा मात्रै भेटिए, कता भेट्नु नि २ रुपिया।
मिने त टस को मस हुदैन गाठे । फेरि भर्रखर लाउर ट छुट्टिमा आको के जोरि खोज्नु
म त चुप्प लार उभिए। you money give give. today no work
and no money give. मलाइ त हातै हाल्च जस्तो पो गर्च । खास कुरा के रच भने
मुल डाडि ल्याउदा राति परेच । अध्यारो मा क्यार्नि , छोड्न पनि भएन दशै आइसक्कयो
, हाता लाइट छैन अनि खेमेले आफ्नो भुक्के चप्पल बालेच र बल्ल बल्ल चौतारां ल्याचन् ।
सपैले पैसा उठाएर खेमेलाइ दिने भनेर मिनेले जिम्मा लेको रच । अलि अलि बिजुलि पानि
चढाको, मोरोलाइ करेन्ट बेसरि लागेच तेहि भर म सं जङेको रच । भोलि देला नि त ,
खैनि को हात पुछेर पिच्च थुक्दै खेमे आइपुग्यो । मिने किन मान्थ्यो भन्न थाल्यो he money
but no give. he clever. मलाइ बाघले झम्टला जस्तो पो अर्च गाठे ।
यसो आखा घुमाएं कसैले मद्दत अर्च कि भनेर । अलि उता पाखुरिको बुटमुनि सिरि धुर्सेलिको छेल
परेर जमुनि सं पिरति गास्दै र च ,यता हेर्न के को फुर्सत । यसै त दिउसो भरि काम अरेर थाकेको,
झन यो मिनेले अर्दा मेरो त HOUSTON 60 टिसर्ट पसिनाले भिजेर निथ्रुक्क भको थियो ।
सुइअ अर्दै आकासतिर हेरे , जुन टह टह लागेका थिए । शान्त आकाश, अलि अलि बादलका
धर्सा , तेस्सिमा मिनेले फरि झस्कायो 'give 2 ruppes. no money no go.'
हैत्तेरि यो मिनेले के खोजेको हो, झन सन्किए झै मच्चिएको मच्चिएइ पो अर्च ।
झन कराउन थाल्यो मिने 'no money i kill you'. म त सोच्दै थिइ यो नाथे
२ रुपायाले ज्यानै जाने हो कि क्या हो । त्यो खेमे खैनि थुक्दै टवाल्ल परेर पो हेरच गाठे।
यतिकैमा दादा आइपुगे , थाहा पाइ सकेचन केरे गाठिं कुरो , के खोजेको ह तैले भनेर
मिने सं कराउन थाले । मिने उल्टै दादा सं कराउन थाल्यो 'you friend money
you give.no money i kill you.'साला यो २ रुपायाले कतिको
ज्यान जाने हो, मेरो त दिमाग नै घुम्यो । यतिकै मा राजु पपि च्यापेर आइपुग्यो ।
तेस्ले पनि कुरा थाहा पाच केरे,
भन्न थाल्यो 'आइजा मु* सिङगल खेल्न । जाड खार यो बिचरो नमेलाइ जे पाए तेइ अर्चस,
तेरो बाउको गाम हो यो , राजुले एक मुक्का दिइहाल्यो मिनेलाइ । यतिकैमा सिरे पनि आइपुग्यो।
अनि दादा, सिरे, खेमे भएर मिनेलाइ समाए । त्यत्रो हल्ला एकै छिनमा सामसुम भो ,
पपि को आबाज मात्र सुनियो। पपि मिने तिर फर्केर भुक्दै थियो ।
--------------------------------------------
यो अध्याय १० सत्य घटनामा आधारित छ