Posted by: Dada_Giri September 20, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय ९ दमैको राजू भने माथ्लोबाटो पसिना काढ्दै दौँडिँदै थियो, सिरे बुढो सल्लोको फेदनिर पुग्दा। सिरेको कपाल बिहान बिहान लरक्क परेको थियो भुने तलबाट जमुनीले एक टकले हेरिरहेकी थिई, मानौँ आफूसित छुट्टिएको बाच्छीलाई गाइळे हेर्दैछ। राजुले बा कुरा बुझेर हो बा नबुझेर हो कुन्नि। "त्यो खेमले बिहान उठाउन आउँछु भन्दै थियो, आएनछ। म त भुसुक्कै निदाएर पिताजीले एक्कासी "हैन तँ कोसित हो वन जानी कुरा गर्दै थिइस् जान्नस?" भन्दा पो ब्युँझे त!" भन्दै हातको खुर्पाको उल्टोतिरबाट बुढो सल्लोलाई ड्यागं हान्यो। राजुले हजुरबालाई पिताजी भन्थ्यो के, बुवालाई भने बाबा भन्छ, केटाकेटीदेखि त्यही बानी लागेछ छुटाउनै सकेको छैन बरा। हुन त छुटाउने प्रयास गरे जस्तो पनि लाग्दैन। बुढो सल्लाको टुप्पोबाट २,४ वटा हुटिटागं पनि उडे, राजुको आवाजले होला। *** "त्यो सिरेलाई पिगं खेल्न दिनी हैन भै हो।" जिवनले चित्त बुझ्दो बाहाँ फेला नपरेको रीस सिरेसित पोख्दै खेमसित जर्किँदै थियो। "आम्छ आम्छ तेसका चप्पल फत्किराख्छन् के।" उता खेम भने कटुसकै रुखमुनि छ बा। कटुसको हाँगा काट्न त हैन नि फेरि भदौरे कटुस खानलाई के। तेसको कामै त्यही हो वनमा छिरेसी, घरतिर मात्रै गफ हुन्। अरुलाई भने काममा लगाउने आफुले कटुस खाएर बस्नी त तेसको बानी नै हो के। माउते न ठहरियो। *** खसखस खसखस पतिगंरको आवाज आयो। सबैजना सतर्क भएर सुने। "सिरे आयो कि।" खेमले संका व्यक्त ग-यो। एकछिन त सबै डराए कता भालु आयो भनेर। "ए सिरे!" जवाफै छैन। केटाहरुको सातो पुत्लो गएछ। खेम त जिवनतिर पो टाँसिन पुग्छ बा माउते रे तेस्ता पनि। जम्मै एकै ठामाम गुजुल्टो पर्दै थिए। राजु माथिबाट झ्वाम्म हाम्फालेर सातो टिप्यो। तर सिरे खै? फेरि चप्पल फुत्केछ कि क्या हो? तर राजु आएसी सबैजना खुशी भे। सिरेको कन्तो खन्नी जिवन पनि खुशी छ बा।
Read Full Discussion Thread for this article