Posted by: shree5 September 20, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
जमुनिले त्याँसी "साँच्चै सिरे, तिम्रा कपालाँ त चाँया परेच बाई, येसो के छोईदेकी थिएँ, येस्तो हुरहुरी सेतै निस्को केरे, कि तोरिको पीनाले कि मोहीले नुहाम्नी अर, जान्च " भनी । मैले नि "हुन्च, आजभोलि जो अरम्ला " भने केरे । तेस पछिजमुनिले टिपेका ऐसेलु खाईयो, दुईटै बसेर । के खाईयो भन्नु र, मैले मत्रै जो खाएँ, उसले मलाई जो भनेर टिपिदिएकी अरे, उसले आफूले त खासै खाईन । त्याँसी मैले पिङ हाल्नी कुरो भने, अनि म चईनी खास मुल डाँडीको लागि काठ छान्न भनेर आको हो, म नभई उता कामै सर्दैन भनेसि "अब ऐसेलु खाई हालेउ केरे, पेट भोरि हालेउ केरे, अनि अब भाग्नलाई, मबाट अब छुट्टिनलाई बहाना चाहिएको थियो, अब तेसैले पिङ बनाम्न परो, हैन ? के हुनी होलान यी केटा मुन्छेका मनाँ, खान, पेट भोर्न र रमाईलो अर्नी बाहेक अरु कुरा केही पुनि नबुझ्नी । हैन हामी आईमाई मुन्छेको ज्यान भित्रको मन हुनी ठाममा पुनि मनको साटो तिमेरु केटा मुन्छेको त आर्को भुँडी जो हुन्छ कि क्या हो, मेरो मनले कुरा अर्दा तिम्रो भुँडीले कुरा अर्च कि के हो ? " भन्न थाली केरे । मैले येसो मुखाँ हेरेको त चईनी मलाई जो टोलाएर हेरेकी रैच, त्याँसी म पुनि फेरि पुनि सुरिएँ र जमुनिका चईनी हात समातें, दुईटै जो । जनैले खानी, सत्ते ल, कस्सम ल, आजसम्म आईमाईका हात कहिले समातेको थिईन केरे, आज त जमुनिका कुराले के भओ, के भओ । मैले अनि "तेरो जति चईनी केरे मेरो पुनि त होला नि मन, मन हुनी भएर त हो नि हामीलाई मन्छे भनेको, नत्र त बाँदर जस्तै त देखिन्छम केरे नि हामी पुनि । तर चईनी केरे घरबार, समाज सप्पै सोंच्न पर्च केरे, एक्कासी आत्तिएर पुनि हुन्न केरे, मैले पुनि त हेर जमुनि तँलाई जत्तिको कसलाई पो रुचाएको छु र, तेसो भा सि अब हाम्रो चईनी आपसमा कुरो खुलो केरे, अब त येस्तो मयाँ-पिरिमको कुरो हल्ला अर्न पुनि हुन्न के धेरै, अब चईनी मैले पुनि त तेरो कत्ति कुरा अर्थे केरे नि, दादालाई सोध त" भनेर फकाएँ एक छिन । केटी त लट्ठ परि केरे । त्याँसी अझ २-४ मिनेट तेस्तै मयाँ-पिरिमका जो कुरा अरेम । त्याँसी "अब आज जो पिङ हालेर सक्काम्छम केरे, अनि तैले चईनी भोलि पिङ खेल्न आईज, तँ र म दुबै जाना खेलम्ला नि त, बरु तो पिङ को डाँडी चिप्लो पार्नलाई जति सको धेरै तरुलका पात (गाँउलेहरुले पिङमा राख्ने लोकल lubricant) लेर आईज है " भनें । जमुनिले मुन्टो हल्लाई, बिदा दिई केरे । त्याँसी अब केटाहुरलाई खोज्न परो भनेर दगुर्न थाले म पुनि । चईनी उ तेता पट्टि ट्वाक-ट्वाक आवाज त आको छ, काठफोरे चरो हो कि खेमेले कटुसको हाँगो जो गिंड्न लागो कुन्नि । हुन त दादा तेही जो छन केरे, तेस्तो साह्रै मुर्ख काम जो त के अर्न देलान र । जे होस, बथान खोज्न परो, कता गएचन कुन्नि । keep rolling...
Read Full Discussion Thread for this article