Posted by: shree5 September 19, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
<> ल है यो दादाकै गाम तिरको प्रश्न सोधिदिए मैले पुनि । यो तोदाईजी मन्दिर भित्र संसारकै सबभन्दा ठुलो बुद्धको मूर्ति रहेको छ । अझ रमाईलो त के भने मन्दिर भित्रै एउटा ठूलो काठको खम्बामा तो ठूलो बुद्धको मूर्ति को नाकका प्वाल (nostrills) जत्रा छन, तेत्रै प्वाल खोपेको छ ।त्यहाँको लोकोक्ति अनुसार धर्मात्मा मान्छे त्यो बुद्धको नाकको प्वाल जत्रा प्वालबाट घिस्रेर (crawl) छिर्न सक्दछ भने पापी मानिसले त्यसो गर्न सक्तैन । त्यो प्वालबाट घिस्रेर छिर्न खोज्नी मानिसको ठूलो लाईन हुँदो रहेछ; छिर्न सकेन, पापी ठहरियो भने चाहीं त्यहाँ बिशेष धूप बाल्नु पर्दो रहेछ, स्पेसल पुजा गर्नु पर्दो रहेछ, अनि अर्को पालि आउँदा छिर्न सक्छ रे । भाग्यावश, म पनि छिरें है त्यहाँबाट ।जे होस, जापानीहरु किन अरु देशका मानिसहरु झै मोटा नहुँदा रहेछन भनेको त पापको डरले पो हो रहेछ क्यारे ;) ल भनम, त्यो तोदाईजी मन्दिर कुन ठाउँमा, कुन शहरमा पर्दछ ? keep rolling...
Read Full Discussion Thread for this article