Posted by: shree5 September 19, 2005
Login in to Rate this Post:
0
?
सातौं अध्याय
********
केटाहुर त पिङको खाँबो गाडेर लाखापाखा लाए केरे । तर मलाई भनि अघि न देखि यो कसको घरको मुड्को
चोरेर ल्याए यी केटाहुरले र खाँबो गाडे, अब चईनी चोर दोस लाग्नी भओ भनेर पिर परिरहेको थियो । कुरो के
भनी तो पिङको लागि भनेर हालेको खाँबोमा गोबर लाको थियो, भनेसी कसका गोठबाट चोरेर लेराए केटाहुरले
जस्तो लागो केरे मलाई त । तेही भएर कान्ला माथि घुँडामा चईनी मुन्टो जोतेर झोक्राएर बसि राको थिएँ केरे ।
एकै छिनमा " यी छम्डालाई हैजाले लानी " , " यिनका हाताँ कोडी पर्नी " भन्दै पुन्टे दाजी र आर्को मुन्छे पुनि
को हो रिसाम्दै चिच्याएको सुनें । बुढा सधैं दिनकै खेताँ पानी लाउन जानी, अनि कहिले काही चईनी साँझपख
धोबिनी कहाँ पसेर अलिकिति झोलसिरक ओढेर आउनी केरे । जाडो महिनामा रउसी खाएसी न्यानो हुनी अरे केरे,
तेही भएर पुन्टे दाजीले बेला बेलाँ रउसीलाई सिरक ओढेर न्यानो भाको भने झैं झोलसिरक ओढ्नी भन्नी अर्थे केरे ।
हुँदा हुँदै त बुढा त नजिकै आईपुगे केरे, जुनको उजेलोमा येसो हेर्दा धङधङाका त थेनन, भनेसि रउसी खाका जस्तो
त लागेन, भनेसि बुढा त साँच्चिकै रिसा'र हिँडेका रहेछन केरे ।
पुन्टे दाजी र आज त बाटुली भाउजुका दाई चईनी पुन्टे दाजीका जेठान नेपे दाजी पुनि रैचन केरे साथैमा । तीनको
घर त चईनी तेतै काभ्रा-भञ्ज्याङ तिर हो क्या हो, आज कताबाट आएछन त जवै-जेठु (ज्वाई-जेठान) सँगै जो ।
पुन्टे दाजीले सधैं हाताँ लियाँबासको लौरो बोक्नी, आज भनि एउटा हाताँ खन्ती र आर्को हाताँ कोराहा बोकेका रैचन,
नेपे दाजीले भनी कोदालो बोकेका थिए, अब बहिनी जवैंको घरबाट नै बोकेको होला, आफ्नै घरा'ट त क्यार्न कोदालो
बोकेर आम्थे र, हैन त ?
दुबै जाना चौतारीमै आए पछि मैले नि "नमस्ते अरे है दाजी हुर हो, कता हो यो रात विषय, चईनी झाक्रीले ऐरा
खेल्नी बेलाँ कता हिड्नु भओ, जवै पुनि जेठु पुनि "भनेर सोधे केरे । आज चईनी कहाँ हो बजारतिर चईनि
परतिगोमन भन्नी को बिरोध अर्न हरिताल (हड्ताल) लाम्न गाका अरे । पुन्टे दाजीले त झन नाटक पुनि खेलेका
अरे । त्याँसी तेही जो भेट भैचन केरे जवै र जेठान दुबै जाना । अनि रात परेसि पुन्टे दाजीको घर नजिक परेकोले
तेही बस्न आएछन दुबै जाना ।
चईनी पुन्टे दाजीले अस्ति न एउटा राँगो पुनि पालेका थिए केरे । त्याँसी भैंसी गोठमा राँगो बाँधेको त राँगाले चईनी
भैसी देख्न जो नहुनी, "डाङ --- डाङ---" कराएर जतिखेर पुनि दाम्लै चुँडालेर भैंसीमाथि जाईलाग्न जाँदो रहेछ । केही
सीप नलागेर नारा (छालाको दाम्लो) ले बाँधेको त नारामै जेलिएर घाँटीमा पासो लाउला जस्तो भओ अरे । तेस पछि
हत्ते जो भएसि बारीको पाटामा चईनी छुट्टै छाप्रो हालेर राखेछन केरे राँगोलाई । पछि दसैलाई भनेर तेही दमैका
राजुका जीबा पसुपति हुरले दसैमा काट्नी भनेर पुन्टे दाजीले राँगो बेचेछन केरे तिनी हरुलाई जो । अब छाप्रो र
राँगो बाँध्न बनाको टाट्नो - भकारो चईनी अझै पुनि बारीमा जो रहिछ केरे ।