Posted by: mampaka September 19, 2005
Lok Man Singh Karki
Login in to Rate this Post:     0       ?        
लोकमानसिंह सचिवमा बढुवा भए । जलस्रोत सचिवमा पदस्थ्ाापन गरेपछि जलस्रोत मन्त्रालय सम्हालेका कांगे्रस मन्त्री बलदेव मजगैयाले विवादित र अशुद्ध सचिव भनी उनलाई हटाउन नसकी बाध्य भएर आफैंले राजीनामा गरे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भूपालमानको शक्तिका अगाडि सचिव हटाउन वा अन्यत्र सरुवा गर्न सकेनन् । बरु पार्टीको आदर्शप्रति प्रतिबद्ध मन्त्रीकै राजीनामा स्वीकृत गरे । कांगे्रसको बहुमतकै सरकारमा मन्त्री भन्दा शक्तिशाली लोकमानसिंह थिए । त्यतिमात्र होइन, ५० औं स्रष्टा र सर्जकले अर्चना गरिएका जिउँदाजाग्दा पहाडी मारवाडी भनिने भूपालमानको सालिक दुहवी बजारमा राजमार्गकै बीचमा खडा गरियो । १ करोड नगद राखेर भूपालमान प्रज्ञा पुरस्कारको स्थापना गर्ने पिता जर्नेल कार्कीले राजमार्गको पिचको केन्द्ररेखामा आफ्नो सालिक खडा गराउँदा पनि कसैले चुइँक्कसम्म बोलेन । लोकमानसिंहले त्यतिबेला ८ लाख रुपैयाँ विराटनगरका उच्च नेतालाई खर्च गरेका थिए भनिन्छ । सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्ग र विभिन्न स्तरका सडकको केन्द्ररेखाभन्दा २५ मिटर, ३१ मिटरभित्र बनाइएका घरटहरा भत्काउने सरकारले यो सालिकको विषयमा किन मौन छ ? अन्य असला माछा, उन्यू, घाँसपात, चराचुरुङ्गी लगायतका विषयमा सार्वजनिक सरोकारका मुद्दा दिने अधिकारकर्मी र प्रजातन्त्रका पहरेदार भनिनेहरू यो मामलामा कहाँ छन् ? मुख्य-सचिव भएकोमा हुप्रको जिउँदो अवशेष भनी जति आलोचना गरे पनि लोकमानको अहिलेको अवस्थाको सबै जग र वातावरण बनाइदिने त कांगे्रस सभापति गिरिजा, तत्कालीन कांगे्रसी अर्थमन्त्री महेश आचार्य हुन् । जरा, मुन्टा र फेदै काटिदिनुपर्ने नीलकाँडा करेसाबारीमा सारेपछि झाङ्गएिर आफ्नै बारी ढाक्नु कुनै अनौठो होइन । जगत गौचनलाई आममाफी दिलाएजस्तै लोकमानका संरक्षक अरू कोही होइनन्, तत्कालीन सरकारहरू नै हुन् । - सुुबोध नेपाल काठमाडौं
Read Full Discussion Thread for this article