Posted by: Dada_Giri September 18, 2005
Login in to Rate this Post:
0
?
षष्ठं अध्याय
गोधुली साँझको बेला हुँदो हो, हाम्ले पुरानो डोब फेला पारेर बल्ल एउटा खाँबो गाडिसक्दा। उत्तर-पश्चिमतिर गिँदरीको बोटको टुप्पनेर जुन टहटह चम्किरहेका थिए। कान्लमा सिरे घुँडामा च्यापु राखेर केही सोचे जस्तो गरी बसिरहेका थिए भने राजुले खाँबो कत्तिको बलियोसित गाडियो त भुनेर हल्लाउँदै थियो।
"ल बल्लियो भो केटा हो यो चैँ। " राजुले पसिना पुछ्दै थचक्क बस्यो। कान्लातिर भने खिर्राको रुखको चोकले खाँबोको काम गरेको थियो। यो हाम्रो परम्पराग खाँबो हो के।
अब कुरो आयो मुल डाँडीको। सबभन्दा गाह्रो काम नै यही हामेरुको लागि। तर यसपालि मुल डाँडी बनाम्नी काठ लिन जाने काम बाँकी नै छ।
"भोलि राजु र दादाले मुल डाँडी ल्याम्नी केटा हो, मैले र जिवनले बाँहा ल्यामनी, तिमेरुलर साना डाँडीहरु ल्यानि है। " खेमले उदघोषण ग-यो। सबैले हुन्छ मा टाउको हल्लाए तर सिरे भने बोल्दैन बा। राजुले गाडेको खाँबोमा पिगं खेल्न मुन नलागेर हो कि खेमले उसको थेबे लाग्नी छैन भनेर होच्यायो भुनेर हो कुन्नि? खेमले कर्मी काम गर्दा केही बगा-यो भने थेबेलाई दोष दिन्थ्यो के "नाँच्न जान्दैन आँगन टेढो" भन्या जस्तो।
भोलि विहान सबैजना वन जाने सल्लाह गरेर तितर बितर भए।
राजुले "पपि!" भनेसी राजुको कुकुर पनि राजुको पाएँट सुँघ्दै पछि र पुच्छर हल्लाउँदै हतार हतारमा भए झैँ गरी लाग्यो।
आकासमा जुन टहटह लाग्दे थिए, रातभरि सबै जना भोलिको योजना र आफ्नो आफ्नो दाइत्त्व संझिँदै मस्त निद्रामा हुँदा हुन्। ... ... ... to be contd.