Posted by: nepalean September 16, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
दमैका राजु पनि गज्बको छ ,घरां कोदो रोप्ने एक सुर्को छैन, उसलाइ नआउने केइ छैन । हैन तेल्ले के के कुरापो जानेकको छैन गांठे । बाबियाको हत्तेउरि छेरुवा गोरुको पुछ्छर हल्लाझै हाल्लाउदै एकै मिनेटआं दश बार्ह हात पुर्याइ हाल्च । अब दशैको पिङ त त्यो नभए लिङ्गो पनि ठडिदैन । पिङको लठ्ठो त एकै रातां सक्च त्यो लछ्मिप्रसादले साकुन्तल लेखे जस्तो । कस्तो जानेको जान्न पनि तेसले । किताबको नाममा तेइ सात किलासको सामाजिक मात्रै छ तेसको झोला, अब किलासआं फस्टबाइ तेइ मोरो , आउनपनि क्यारि आको तेल्लाइ । घरां अन्नको गेडो छैन, तेइ मोरो मोटो घाटो अनि त भन्थिन हाम्रि हजुरां बारि न बोट बढा बढा ओठ। अब तेति मात्र नभर तेसकै कुकुर गाउमा जिताआर । तेसको कुकुर देखेपछि त मुखियाको राते कुकुर पनी पुछार लुकार टाप ठोक्छ ,बाघसं त लढ्ने त्यो मुखियाको कुकुरको के खैरियत । गाममा केटा केटि झुम्मि भने के छ सोध्नै पर्दैन ,राजुको कुकुर भइहाल्च बिचां । चेइ चेइ पपि भने पछि त बिसिआं दौडिदै गरेकको पानि गामां आइ पुग्च । पखाराको लेक साइड बाट ल्याको ले तेसले नाम पनि अङ्गरेजि राखेको थियो के तेसको कुकुरको । पिङ हाल्ने ठाममा यसो हेरको त त्यो कुकुर कम्मरा च्यापेर बसको रैच । के गाइनेको सारङ्गि जस्तै कुकुर भिरेको राजु भनेको त यो पपि लाइ पनि जिन को पाएट चखाको पो भन्च । कुरो के र च भने यसपालि दशैआं घरा आउदा राजुलाइ काठमानडुट जिनको पाएट ल्याइदेचन के दादा ले , मुया लार होला नि। अब दादाको जुकेपानि टरिआं पानि सोज्याउनि काम सप्पै तेल्लइ अर्च अनि त दादाले जिनको पाएटले मुन्छे सोज्जाइका होलान नि राइँला बुवाका छोरा त परे।
Read Full Discussion Thread for this article