Posted by: Gautam B. September 16, 2005
One page from my college diary
Login in to Rate this Post:     0       ?        
"शायद यहि त प्यार होला" तिम्रो आगमनको संकेत छ आज, नत्र बतासमा किन यति बिघ्न मात हुन्थ्यो? तिम्रो स्वागतको तयारी छ धर्ती र आकाशमा, नत्र साँझ किन यति मोहक घुम्टो हाल्थी? नत्र आकाश किन चम्किलो बुट्टे खाष्टो ओढ्थी? अब चन्द्रमा अनायाश उदाउनेछ तिम्रो यात्रामा जूनले निथ्रुक्क पार्दै तिम्रा गेरटाहरु; र फूलका गुच्छा बन्नेछन् बादलहरु । म संघारमा छु प्रिये, तिम्रो स्वागतमा, बोकेर खुला आलिगंन मेरा दुई हातमा; मेरो उपहार छ तिमीलाई- केवल तिम्रो यादले भरिएको यो दिल र मिलनका दुई थोपा आँसु; शायद यहि त प्यार होला ! (२७ सेप्टेम्बर, १९९५)
Read Full Discussion Thread for this article