Posted by: Dada_Giri September 15, 2005
Login in to Rate this Post:
0
?
तरपनि ... ... ...
यो दशैँमा निर, म आइन भने
निष्ठुरेलाई निर, दाइ तिम्ले नभने!
"हैन कति चाँडो पिगं हाल्न लाऽका हऊ भइ हो?" दमैका राजुले ठुली ढुंगींका मौवाका फेदबाट करायो। स्कुलमा त राजु नेपाली हो केरे उसको नाम तर घरतिर भने "दमैको राजु" भने नि हुन्थ्यो, पशुपतिको राजु अथवा पशुपतिको नाति पनि भन्थे कसैले। आँखामा परेको घामको तारो दाहिने हातले पालि बनाएर छेक्दै थियो ऊ, काखमा कुकुरको छाउरो च्यापेको थियो, शरिर भने पसिनै पसिना नि अब सँधै झैँ, पसिना आइराख्नी त बानी नै हो के त्यसको।
हामी जम्मै मस्तसित तलेघरका चौतारीमाथि २ पिर्के पिगं बनाम्नी धुनमा मस्त थिएम्। तिज गइकन अझै गइकन दशैँ आउँदो बेला थियो भनम् न। अझ प्रस्ट भनम् भने दशैँको स्कुले बिदाका सुरुका दिनहरुको कुरा हुँदो हो।
"यसपालि त २ पिर्के हाल्नी हो केटा। ए यता आ त।" खैनी फालेको त्यो जुठो चोर औँलो आफ्नै कट्टुतिर पुछ्दै जिवनले बोलायो। भने यता खेमका हातमा थेबे थियो।
खेमले आँफुलाई कर्मि सम्झिन्थ्यो के हामीहरुको विचमा, लाटा देशको गाँडा तन्नेरी भनम् न। तर सिपालु नै भन्न त मिल्दैन है। अघिल्लो साल आफ्नै तेइ खैनी पुछ्ने चोर औँला काटेर गाँउभरि समाचारको हाइलाइट बेनको नि केटा त।