Posted by: sajhabusaima September 15, 2005
Sandhe ko judai bacho ko michai...
Login in to Rate this Post:     0       ?        
सैनिकद्वारा १२ सर्वसाधारण कुटपिट सरस्वती कार्की दमक, भदौ २९ ( सेनाको एक टोलीले यहाँका व्यवसायी, मजदुर र बटुवा गरी कम्तीमा १२ जनालाई बुधबार अनाहकमा कुटपिट गरेको छ । हिमालय गुडरिक चिया बगानको दरबार सुरक्षार्थ खटेका जबरजंग गणका करिब २० सैनिक अपराह्न ४ बजे दमक बजारस्थित एसियन मार्केट आएका थिए । ुसर्च गर्नेु भन्दै ुखाजाघरु होटलमा छिरेर उनीहरूले कामदार रेसमा राईलाई आँखामा पट्टी बाँधी कुटेको होटल मालिक चिरण निरौलाले बताए । उनीहरूले त्यहीँका अन्य दुई कामदारलाई पनि बन्दुकको कुन्दा र बुटले हिर्काएका थिए । कामदार सञ्जीव पराजुलीको टाउको र मुखमा चोट लागेको छ । कुटपिटपछि उनलाई सिसाले हान्न लाग्दा आफूहरूले बचाएको निरौलाले बताए । ुबन्दुकको कुन्दा र बुटले छातीमा हाने,ु पीडित अर्का कामदार उमेश माझीले भने । खाजाघरपछि सेनाले मार्केटका पसल बन्द गराउँदै इन्टर कम्प्युटर सप्लायर्सको फर्निचर तोडफोड गरेका थिए । एकाएक आक्रोशित देखिएका उनीहरूले अघि पर्ने बटुवालगायत १२ जनाभन्दा बढीलाई पिटेको प्रत्यक्षदर्शीले बताए । ुहिँडिरहेको थिएँ, लात्तैलात्तले हाने,ु बटुवा केशव गौतमले भने । उनका अनुसार यसपछि सैनिकहरू सडक किनारका साइकल लडाउँदै हिँडेका थिए । सैनिकको यो दुव्र्यवहारको उद्योग व्यवसायी, नागरिक समाज र अधिकारकर्मीले भत्र्सना गर्दै दोषीउपर कारबाही माग गरेका छन् । ुसेनाको यो चरम आतंक हो,ु वाणिज्य संघ दमकका अध्यक्ष धनेन्द्र सुब्बाले भने( ुसुरक्षा दिन्छु भन्नेले जनतालाई सास्ती दिन पाइँदैन ।ु नागरिक समाज, दमकका उपाध्यक्ष इन्द्र पाठकले घटनाको निन्दा गर्दै आइन्दा यस्तो कार्य नगराउन आग्रह गरेका छन् । मानव अधिकार संगठन केन्द्रीय सदस्य डा। केपी सुवेदीले घाइतेको व्यवस्थित उपचारको माग गरेका छन् । गणका मेजर उत्तम खडकाले सैनिकले कुटपिट गरेको स्विकार्दै घाइतेलाई उपचार व्यवस्था गर्ने बताएका छन् । ुसर्चमा गएका थिए, सर्वसाधारणलाई कुटपिट गरेछन्,ु उनले भने( ुघटनाको छानबिन गर्छु र घाइतेको उपचार गरिदिन्छु ।ु
Read Full Discussion Thread for this article