Posted by: sajhabusaima September 15, 2005
Sandhe ko judai bacho ko michai...
Login in to Rate this Post:     0       ?        
अवैध रूपमा मल भित्र्याउने तीन मन्त्रीको प्रयास अवरुद्ध विजय घिमिरे काठमाडौं, भदौ २९ ( तीन जना मन्त्री मिलेर अवैध रूपमा भित्र्याउन सुरु गरेको रासायनिक मल पहिलो खेपमै बरामद भएको छ । मंगलबार बाराको निजगढ र पथलैयामा आइपुगेका दुई ट्रक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चेतावनीमा राजस्व अनुसन्धान विभागले समातेपछि मन्त्रीहरूको संलग्नताको पोल खुलेको छ । कृषिमन्त्री बद्रीप्रसाद मण्डल, गृहमन्त्री दानबहादुर शाही र अर्थ मन्त्री मधुकरशमशेर राणा मिलेर भारतबाट २० हजार मेटि्रक टन मल अवैध रूपमा भित्र्याउने अनौपचारिक सहमति भएपछि मल आउन थालेको थियो । मन्त्रीत्रय र हेटौंडाका मल व्यापारी ज्ञानेन्द्र श्रेष्ठको योजनामा भारतबाट ट्रकमा तस्करी गरी ल्याइएको मल समातिएपछि उक्त प्रयास संकटमा परेको छ । व्यापारी श्रेष्ठको विनायक इन्टरनेसनलकोे नाममा दुवै ट्रक सर्लाहीबाट नेपाल प्रवेश गरेका थिए । उच्च स्रोतका अनुसार कृषि मन्त्रालयमा गत बिहीबार तीन मन्त्री र व्यापारी श्रेष्ठबीचको अनौपचारिक बैठकले भारतबाट अनुदानप्राप्त मल ल्याउने सहमति भएको थियो । बैठकमा कृषिसचिव गोविन्दप्रसाद पाण्डे, कृषि मन्त्रालयका सहसचिव ऋषिराम लामिछाने, कृषि विभागका शिवसुन्दर श्रेष्ठ, राजस्व अनुसन्धान विभागका महानिर्देशक माधवप्रसाद ढकाल र भन्सार विभागका बोधराज निरौला पनि डाकिएका थिए । बैठकमा आगामी दुई महिनासम्म व्यापारी श्रेष्ठलाई बिनाअवरोध तस्करीको मल ल्याउन दिने सहमति बनेको थियो । कृषिमन्त्री मण्डलले देशमा मलको अभाव भएको, कृषकले घेराउसमेत गर्दै आएको बताउँंदै तत्काल आपूर्तिका लागि तस्करी गरी मल ल्याउने प्रस्ताव राखेका थिए । गृहमन्त्री शाहीले ुयस्तो काम उहिले पनि हामीले कति गर्?यौ गर्?यौ, ल गर्दिनुपर्?योु भन्दै कर्मचारीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए । अर्थमन्त्री राणाले मातहतका राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालयलाईर् ती ट्रक नसमात्न निर्देशन दिएका थिए । गृहमन्त्रीले प्रहरी, प्रशासन र गुप्तचरलाई भनेर ट्रक आगमनमा अवरोध नगर्ने र कृषि मन्त्रीले गुणस्तरबारे कुनै कारबाही नगर्ने योजना पनि तय भएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दिएको छ । केही कर्मचारीले भने त्यत्रो मल तस्करी गर्ने योजना ज्यादै संवेदनशील रहेको जनाउँदै विरोध गरे पनि मन्त्रीहरूका अगाडि तिनको केही लागेन । मण्डलले मध्यमाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीले व्यापारी श्रेष्ठको नाम सिफारिस गरी पठाइसकेको जवाफ दिए । ुत्यसैले हामीले यो योजनाको बारेमा प्रश्न उठाउनु पर्दैन,ु मण्डलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो( ुसमस्या आए अर्थमन्त्रीले ुमाथिु जाहेर गर्नुहुन्छ ।ु बैठकमा मलको मूल्यसमेत निर्धारण गरियो । व्यापारी श्रेष्ठले प्रतिकिलो १७ रुपैयाँमा बिक्री गर्ने बताए भने कृषिमन्त्रीले प्रतिकिलो १६ रुपैयाँभन्दा बढी नलिन त्यहीँ निर्देशन दिए । राजदम्पतीको मध्यमाञ्चल भ्रमणको तयारीको निरीक्षणका क्रममा शनिबार हेटौंडा पुगेका गृहमन्त्रीले सुरक्षाकर्मीलाई ुदेशमा युरिया मलको अभाव भएकाले भारतीय मलको अवैध पैठारीमा व्यवधान नगर्नु निर्देशन दिएका थिए । साथमै रहेका क्षेत्रीय प्रशासक चक्रवर्तीले व्यापारी श्रेष्ठलाई देखाउंँदै ुयो कामको जिम्मेवारी हामीले उहाँलाई दिएका छौंु भनी सुरक्षा अधिकारीहरूलाई सम्झाएका थिए । क्षेत्रीय प्रशासक चक्रवर्ती र नारायणी अञ्चल प्रशासक प्रजापति कोइरालाले बरामद गरिएको मल बिनाकारबाही छुटाउन दबाब दिएका थिए । तर अख्तियारको पत्रका कारण विभागले छाड्न इन्कार गर्?यो । अख्तियारले राजस्वलाई मंगलबार पठाएको पत्रमा ुभारतबाट निर्वाध रूपमा रासायनिक मल नेपाल भित्रिएको सूचना आएको र किन विभागले नसमातेको भन्नेबारे स्पष्टीकरण दिनु भनिएको थियो । विभागले दुई ट्रक समातेर यस्तो कार्य रोक्न आफू सक्रिय रहेको जवाफ बुधबार पठाएको छ । उच्च स्रोतका अनुसार, अर्थमन्त्री राणा र गृहमन्त्री शाहीले अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायलाई बुधबार टेलिफोन समेत गरेका छन् । उनीहरूले स्पष्टीकरण पत्र र उक्त विषयमा हस्तक्षेप नगर्न अनुरोध पनि गरे । गृहमन्त्री शाही अख्तियारबाटै रासायनिक मल खरिदमा भ्रष्टाचारको अभियोग खेपिरहनु भएको छ । तत्कालीन कृषिसचिव छँदा मल खरिदमा ६ करोड ७२ लाख रुपैयाँ भ्रष्टाचार भएको अभियोगमा उहाँसहित १५ जनाविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो, जुन मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ । मण्डल यसअघि कृषिमन्त्री भएको समयमा भएको मल खरिद निर्णय पनि विवादित बनेको थियो । नेपालमा वाषिर्क ३ लाख मेटि्रक टनभन्दा बढी रासायनिक मलको खपत हुन्छ जसअनुसार वाषिर्क ५ अर्बभन्दा बढीको मल कारोबार हुने गरेको छ । त्यसमध्ये युरियाको खपत करिब ७० प्रतिशत छ । हाल पर्याप्त मल नभित्रिए पनि भारतबाट अवैध रूपमा बजारमा मल आउने गरेकाले हाहाकार भएको छैन । सरकारी स्वामित्वको कृषि सामग्री संस्थान कम्पनी लिमिटेडले यो वर्ष ४० हजार मेटि्रक टनमात्र मल ल्याएको छ । वीरगन्जबाट सुजित महत र हेटौंडाबाट प्रताप बिष्ट (kantipuronline.com)
Read Full Discussion Thread for this article