Posted by: kaile September 14, 2005
aafi bujhnus na ta
Login in to Rate this Post:     0       ?        
स्वीस बैंकमा तेह्र अर्ब पाउन्ड छः रिपोर्ट September 14th, 2005 बुधबार, काठमाडौं । हिजो मंगलबार ?श्री ५ महाराजाधिराजका संवाद सचिवालय, नारायणहिटी राजदरबार? ले दुइ वटा दैनिक पत्रिकामा सूचना प्रकाशित गर्न लगाई दुनियांलाई आर्श्चर्यचकित पारेको छ । सूचनामा ?हालै केही पत्रपत्रिकामा स्वर्गीय श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको विदेशस्थित बैंकमा खाता रहेको सम्बन्धी भ्रामक, असत्य, कपोलकल्पित, आधारहीन तथा दुराशयपूर्ण समाचार प्रकाशित गरिएकोमा यस सचिवालय खण्डन एवम् खेद व्यक्त गर्दछ ।? तर, संवाद सचिवालयले बेलायतको प्रतिष्ठित पत्रिका टेलिग्राफमा छापिएको समाचार असत्य र भ्रामक भन्ने हिम्मत गर्न सकेको छैन । सन् २००१ को जून ३ तारिखमा ?ओल्गा क्रेग? को रिपोर्टमा प्रस्टै भनिएको छ- ?उनकी रानीलाई अर्कोतिर स्वीस बैंकमा १३ अर्ब पाउन्ड स्र्टर्लिङ (हालको सटही मूल्यमा १७ खर्ब रुपियां) जम्मा पारेको भनिएको छ र उनले एउटा ?दरबारी कू? मार्फत युवराज दीपेन्द्रलाई राजाको प्रतिद्वन्द्वीको रूपमा अघि बढाउने योजनामा रहेको विश्वास गरिएको छ ।? राजदरबार हत्याकाण्डको तेस्रो दिन ?सन्डे टेलिग्राफ? ले छापेको भए तापनि ओल्गा क्रेगको यो केही पुरानो रिपोर्ट हो भन्ने बुझिन्छ । रिपोर्टमा राजा वीरेन्द्रको ओठमा ताला लगाई ऐर्श्वर्यले सांचो आफ्नो हातमा लिएर बसेको भनी काठमाडौं विश्व विद्यालयका विद्यार्थीहरूले निकालेको पोस्टरको चर्चा गर्दै उनकी रानीले भ्रष्टाचारमा कुख्याती आर्जन गरेको पनि उल्लेख छ । ?उनीमाथि विदेशी अनुदान सम्पत्ति किन्न दुरूपयोग गरेको आरोप रहेको? आरोप पनि लगाएको छ । सन् २००० मा राजदम्पती मात्र होइन, राजाका भतिजा पारसको गाडीले लोकप्रिय संगीतकार प्रवीण गुरुङ किच्दा मृत्यु भएको समेत रिपोर्टमा उल्लेख छ । राजा वीरेन्द्र ०४६ सालमा प्रजातन्त्र स्थापनातर्फअग्रसर हुंदा रानी ऐर्श्वर्यसंग विवाद भई एक सातासम्म उनकै कोठामा थुनेर राखेको कुरा पनि उक्त रिपोर्टले जनाएको छ । यसप्रकार ओल्गाको रिपोर्टले नारायणहिटी दरबारभित्रका धेरै सर्न्दर्भहरू समेटेको दाबी गर्नेहरू नेपालमा थुप्रै छन् । हाल मन्त्रिपरिषद्का अध्यक्ष श्री ५ ज्ञानेन्द्रको राज्यारोहण हुनुभन्दा एक दिन मात्र अघि छापिएको उक्त रिपोर्टबारे केही नबोली एक नेपाली दैनिकले छापेको त्यसमै आधारित समाचारलाई कपोलकल्पितको संज्ञा दिएर संवाद सचिवालयले सारा नेपालीलाई हंसाएको छ । उसले ?सन्डे टेलिग्राफ? को रिपोर्ट गलत हो भन्न किन सकेन त ? यो प्रश्न उठ्नु स्वाभाविक हो । .....next
Read Full Discussion Thread for this article