Posted by: Poonte September 13, 2005
Login in to Rate this Post:
0
?
हम्, हम्! ठम् ठम्!! डम् डम्!!! आऽऽऽऽऽऽऽऽऽख्खुम्!!!!!!!!!!!!!!
के भईरच, केटा हो? दादाले खेत त अरु मिचेन, है? ल, ठीक छ। सिरे नि कति ट्याऊँ ट्याऊँ अर्न सक्दो हो? आफूलाई किच्कन्नीले छलेर फेरि उम्की सको, सिरे जाँको तिँ प्यार प्यार अर्दै रच आईले सम्मुन् त नि, गाँठे!
के भनम्? कालीको तिराँ जमुनी र मेरी धोबिनी जस्तो लाऽर हेर्न ग'को, किचकन्नी परेको कुरो त सिरेले सबलाई भनि सक्यो। नाङ्गै नाचेका देखेर मु नि च्याप्पै पारेर क्वाप्पै निल्दिन्छु भनेर सन्किंदै हुत्तेर समात्न पुगिं। के को समातिन्थ्यो? छातीआँ राख्न खोज्या हात सुईंट्टै पछाडि धाडबाटु निस्किन्छ, गाँठे! दुईटी किचकन्नीरु खितितितितिति हाँसी रा'चन्। यस्सो मुन्तिर आँखा ला'को त, ब्रम्हाण्डपुरी, कैलाशपति, ३३ कोटि देवी देवता कि राजै, पार्वतीको पोई महादेव! पैतालो उल्ट्या त नि ति किचकन्नीअरको! सातो पुत्लो, रन्क्या मुत्लो सब उडो नि! अरु के भो त्याँ के जानुम, तर बिहान सखारै बिउँजदा त मुटु काँपेर हनहनी जरो आ'छ।
सिरेले कठै गोसाईकुण्डे धामि झिकाईदेच। हेर्दै राक्षस जस्तो, बलडेङ्ग्रे आँखे, त्यो मुसुण्डे काले धामि! मेरो ज्यानाँ चड्या किचकन्नी के डर्थ्यो? म आफै तर्सेर झन् चर्क्यो जरो! ति धामीले मन्तर फुक्दै मुखै च्यातिने अरि ह्वाऽऽऽऽऽऽ अर्दो, किचकन्नी आफ्नै पोई सम्झेर झन् झन् नाच्दो। ज्यान भित्र किचकन्नी जति नाच्दो, आफू झन् काँप्दो। रन्केको पनिऊँले डाम्दा अझ, "स्वामी महाराज! हजुरले जति डामे नि सहन्छु!" भन्दै झन् मात्तिन्दो तो किचकन्नी!
क्यार्नि अनि? भउतेले डोकाँ बोकेर पुराओ नि मुलाई अनि मिसन सम्मुन्। त्याँ त हेर्दा हामी मुन्छे जस्तै सेता सेता कोट भिरेका धामीरु थुप्रै हुँदा रचन्। एउटोले छाम छुम अ-यो, अनि के जाति सुईँले पाखुराँ छेडिने अरि घोच्यो। किचकन्नीको आत्मा पाखुराँ गर बस्दो रईच के रे। अनि ति सुईंले ति किचकन्नीको मुटु फोडेर तेस्लाई मार्छ अरे। के जाती चक्कीरु नि दो मुलाई, दिनको तीन फेर निल्न पर्नि अरे। तो त किचकन्नीलाई बिख अरे के रे, बिख सहन नसकी भाग्च अरे।
मेरी धोबिनी, "बल्ल खाईस बुढा! मेरो सामत्न पाउँदा हुँदो नि अरुको समात्न जान्छस, अनि तेस्तेई हुन्छ तँलाई!" भन्छे। आफुलाई त के, निको अर्न भउतेले बोकी हाल्छ, ति मिसनका धामीले किचकन्नीलाई सुईंले घोचेर फेरि मारि हाल्छ! पाए देखुन् फेरि पुनि जान्थें च्याप्पै समात्न!