Posted by: shree5 September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
पुन्टे दाजीलाई तो गन्डकीका तीराँ नाच्नी किचकन्निले छलेछ केरे । ठ्याक्कै गेडिखोले धोबिनी जस्तै देखिईछ केरे, होला होला धोबिनी जो होला भनेर दाई त गएछन केरे बरा, त्याँसी के के भएछ, पछि दाजीले जो भन्लान केरे नि । मदौरु नभाका भए हिजाज तिरै केले हो भुन्टेको बर्तुन (व्रतबन्ध) पुनि अराम्नी कुरा थियो केरे । सुपारी बाँढ्नी बेला त भईसकेको हुन पर्नी हो आज भलि जो। दादा सित हो केरे सल्लाह अरेको, को हो गुरु पन्डित पुनि दादाले ल्याम्छु भनेका हुन केरे ।पछि सोध्न होला, पुन्टे दाजी निको भासि । बरा बुढा त केही खान पुनि नहुनि, धन धनी जोरो आछ अरे । बेला बेला "ईऽऽऽऽऽऽऽऽऽऽ" गरेर ऐरा खेले झै गरी चिच्याम्छन अरे । अनि के के फाकफूक पुनि अरेछन, केही पत्ता,केही सीप लाएनछ केरे । त्याँसी हिजो गैह्राघरे लामा गएर धेरै जो बेर नाडी छामेर, आखत हेरेसी के के गरेसी त अनि आसन राख्न भनो अरे । अनि रात भोरि तो लामा झाँक्री हल्लेर त्याँसी डाडु, पनियो तताएर डामेर के के अरेसी बिहान त पुन्टे दाजी लाई अलिक सन्चो भाको छ अरे । अब गाम्लेका हल्ला हुन केरे, के के भा को हो ति त पुन्टे दाजीले जो त निको भा सि भन्नु होला केरे नि । बरु यो गोरुको मुत जस्तो झरी लाएर पानी परेर भेट्न जान पुनि पाईएन, एउटा छाता थियो, रैयाँ फुपैले लगेर ल्याम्दै लेईनन केरे । यो पाला पानीकागत (polythene plastic sheet) पुनि जम्मै फाटेको रैच । अब भोलि उघ्रेछ भनि भेट्न जान पर्ला केरे । पुन्टे दाजी, Get well soon, all the best. Keep rolling...
Read Full Discussion Thread for this article