Posted by: Dada_Giri September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
अँ आर्भातिर भैँसी महगां केरे अनि १ दिनको बाटो हिनेर मुर्रा भैँसी किन्न आँधीखोलातिर आम्नी त नि। भउते मैलो मैलो कछाड सज्दै र नमे छाता टेकेर जाँदा थिए। भउतेलाई "टाढैको साइत भनम् भने कछाड मैलो छ, नजिक भनम् भने सुर लामो देख्छु" भनेर सोधेँ। "अब भैवसी डो-याम्नलाई के सुकिलो कछाड लाम्नु?" भने केरे। कुरो मुनासिब लागो। आरुखर्क पुगेछन्, नन्दलालकाँ अनि नन्देले "तर हैन यो तिजको दर खानी बेलाँ कल्ले भैँसी दिन्छन्?" भनेर हकारेछन्। हुन त बुढाका भैवसि १४वटा छन् केरे बेपारी न परे। महगों गर्नलाई कुरोको जुरो समातेका नि। अनि फेरि नमे न हो बरा, अलि ढिलो छ के निर्णय गर्नमा, कुरासुरा छिनिसकेसी "उधारो" गर्नी पो भन्छ बा। श्रीपञ्चमीमा दिनी अरे । मिल हाल्दाकेरि भउतेलाई हाल्दिएको पैसो भउतेले दिएसी दिनी भनेर भनो। अनि फेरि नन्देले "तेसो भाऽ उधारो अर्नी भाऽ ७ बिस थप। यही मुल्यमा मैलो भैँसी उधारो दिन्न। नबेच्नी भनेर बसेको दादालाई काट्न नसकेर हो।" भने केरे। अनि मैले नि श्रीपञ्चमि सम्म त तेइ भैँसीको दुध बेचेर नि तिर्ला नि भन्नी ठहर अरेर ३नै जना राकेर कुरो छिन्दिएँ केरे। मटरका बाटाँ झरेसी भैँसी चम्केछ केरे। अनि त्यहीँ खड्केटारीआँ बाँदेर राकेछन्। घर ल्याइपु-याम्दा त दर कानी मात्रै हो तिज पनि सकियो। यस्तो लगनपछिको पोते भो नि। भन्दै थिए केरे। फेरि भैँसीको मोल घटाइदेऊ। तिजपछिको मोल अर्देऊ" भन्छन् बा। अनि फिरि ३ बिस घटाऽर अनि कुरो मिलाम्न पर्नी भओ भनो। अनि मैले फेरि लौरो टेकेँ। नन्देलाई दलाम्न परो भनेर। नन्दे त किन मान्थ्यो घराऽट निकालेसी बेचेको ठहर हुन्छ भनेर उफ्रिन्छ बा। अनि मैले भनेँ, "तेसो भाऽ तेसो भन्नी भाऽ तेरो भैँसी यही हो भन्नी प्रमाण के छ?" भनेर दलाएँ। भउतेलाई जाऊ गऽर भैसीको सिग॥ पनि काट पुच्छर पनि काट भनेर पठाएँ केरे। तेसै अरेछन्। अनि नन्दे पनि डराऽर ३ बिस ठ्याम्मै घटाओ अनि दहि पनि ख्वाएर तामा पनि दिएर पठायो केरे। मैले ठेगान लाम्न सक्छु के तेल्लाई। भैँसीको फोटु खोजम् न बरु। *** श्री त्यो माथि खेत रोप्नी को हुन्? साह्रै राम्री लागो राम राम!
Read Full Discussion Thread for this article