Posted by: shree5 September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
आज बिहानै नम्मेले "एउटा बकेर्नो भैंसीले मत्रै त गोरस जो पुगेन, हेर सईंहुर । आँधीखोला तिर गएर एउटा मुर्रा भैंसी किनेर ल्याम्छु मैले त । बरु मलाई साथे हिंडओ न क-कसको फुर्सद छ " भनेका थिए । मैले त पुन्टे दाजी अलि मदौरु मदौरु जस्ता भा' छन, जोरो आयो, कता कता आङ दुख्नी सिल्का हिंड्नी पुनि भाको छ भन्दै थिए, मैले नि भ्याम्दिन, भोलि आरुखर्के फुपै आम्छिन घराँ, येसो मेसो मिलाएर राख्न परो, कता हो कसले हो छोरी दिनी भनेर मेरा घर देखाम्नी अरे तिनीहुरलाई फुपैले भनेजस्तो लाउथ्यो । तेसो भा 'सि म पुनि टल्केर बस्न परो केरे घराँ जो । अब भउते र दादा जो भए केरे खाली, फेरि मुर्रा भैंसी हिडिहाल्छ केरे, एउटा सईं भए त भईहाल्यो केरे, गईदेलान नि एउटा त भनेर मैले भने उसलाई । दादा त यतै हुनु हुदो रैछ, अघि भर्खर गिंदरीको घाँस झारेर घाँसको भारि बोकेर डहर तिर लाईराको देख्या थिएँ । बरु नम्मे र भउते जो देखिएन केरे । भउतेको मिल चलेको पुनि सुनिदैन केरे । गएछन कि त केटाहुर नम्मेलाई मुर्रा भैंसी किन्न । दादा, केही सुईको पाम्नु भाको थियो तपैंले र ? तो साईदुवा भउतेका त भर पुनि हुन्न, बेला बेलाँ जाद्रै उपद्रो अर्च । हुन त हल्ला हो सुनेको केरे, उसका जति कुरा फेरि गाममा अरु कसैले कसैको काट्दैनन केरे । मुन्छेले काम नपाए भौतेका कुरा काट्छन केरे । अस्ति न कसका हो, आँधिखोला तिरका एउ जाना मुन्छेका भैंसी चराई राका रैछन केरे, भउतेले त खुरु खुरु खेदेर ल्याए अरे, त्याँसी सिंङ मठारिदिएछन, अरु पुनि कता कता रौं काटिदिएछन र भैंसी त आर्कै देखिनी , पहिला भन्दा झिल्के देखिनी बनाएछन, त्याँसी ग्वाम्म दाम पारेर, अझ भर्खर दोस्रा बेते हो भनेर बेचेका अरे बाई । जे होस, भउते र नम्मेका मेसो पाए कसैले मलाई थाहा दिम केरे । Keep rollling...
Read Full Discussion Thread for this article