Posted by: newuser September 9, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
साह्रै नेपराह रैछ यो साँढे त। तिम्री खेताल्नीले ठानाँ आर गामको साँढेले मलाई साह्रै लखेटो लौन तेल्लाई गोठाँ लर बाँधेर राख्देउ भनेर उजुरी हालिन। मिल्नीभा तो उजुरी ह्यैं टास्दिन्थे। टाँस्नी भने जागिर जानी डर। अनि क्यार्नी तनि आफ्नो नुनको सोझो गर्नैपरो फेरी थानेदार पनि परियो भनेर एकपाली सम्झाई बुझाई गर्न परो भनेर मेलाँ पसेको त ओ हो यो साँढे त साह्रै मातेको पो रैछ। पर्खिस आउलास गाममा भनेर आलिमा सिंग तिखारेर बस्यारैछ। मुखिया बाको जब्बर साँढेलाई थानेदारले के गर्न सक्नु ? वाँधे पनि मुखिया बाले छुटाइहाल्छन। फेरी गर्धन फुलार झम्टिन ठिक्क परेको साँढे देखेर जिउ नी सिरिङ्ग भओ। लौ त नी माफ पाउँ जे गर्नी हो गर भनेको त झन वुर्कुसी मारेर गामै थर्कने गरि डुक्रिएछ साँढे त। लघार्ला भन्नी डरले सातोपुत्लो उडो मेरो त। खेतलालाले मन नपारएनी पराएनि केहि भन्याथेनन केरे। मुखियको साँढे भाभर तिमलाई तुजुक देखाउन परिहालो हैन त। लौ आज देखि तिम्रा गाममा टेक्दैटेक्दिन। तिम्रा खेताला खेताल्नीलाई जेसुकै गर। आइन्दा ठानेदारलाई क्यै भन्यौ भने तिम्रा मुखाँ किरा परुन।
Read Full Discussion Thread for this article