Posted by: shree5 September 8, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
त्याँसी बल्ल बल्ल छुट्टाएँ दुईटालाई । भुन्टेले त एउ दुई पाली सेक्यो मलाई पुनि, जाद्रै जख्खड रहिछ तो केटो, पछि पक्कै पल्टनिया लाहुरे हुन्छ ल तो त । पुन्टे दाजी, हजुरलाई बुढेसकालाँ पाल्नी भओ छोराले, ल । कसो कसो अर्दा मेरा आँखामा पुनि हिलो कसेर परो, राम्ररी हेर्नै नहुनि भओ । अब अहिलेली धुन पर्ला नि । अनि त्याँसि त आँखा पुनि जाद्रै दुख्न लाओ केरे । भुन्टे बजियाले गतिलै सित हिलै हातले बजाको थियो, हुन त मलाई भनेर जानेर हईन केरे बरा । अरु बेलाँ भे खुट्टाँ टपक्कै ढोग अर्च बरा । तेसो भएर आफ्ना खेत सम्मन पुग्न त सक्दिन कि क्या हो, यतै बाट बोलाएर दिन परो खेतारीलाई अर्नी भन्ठाने । अनि सरचे-चौपारीमा गएँ र धाराबाट येसो आँखा पुनि पखालें। तर अहँ, हुँदै भएन, आँखा भित्र हिलो कसेरै पसेछ केरे, धोएर नि नआम्नी भओ। अनि मेरा पाला तेही सरचे चौपारीका गुगलका बुटामा चढेर बोलाएँ, "ए धान रोपेकी आईमाई कोही छौ, मैले सिरम्लाका खट्टे भुटेर अर्नी बनाएर ल्याको छु, खान आओ " भनेर । अनि उताबाट "हई, हई, सिरे, म यहीं छु छु," भन्ने आवाज आओ । तर मेरा आँखाले ठम्म्याउन सकेनन को हो भनेर । हिजो जमुनिले "म भा नि मेउसीकाने भा पुनि जो भा पुनि एक जाना आएर रोपिदिम्ला तिम्रा चार ओटा सुर्का । अब हाम्ले नभ्याए फूलमुतिलाई घोक्राएर पठाईदिम्ला केरे " भनेर भन्थी । अब कुन चईनी आकी हो, जमुनि हो कि मेउसीकाने हो कि फूलमुति हो, मैले त भेउ जो पाम्न सकिन । होऽ तेहाँ हुनी नम्मे र भउते जस्तै छौ, हैन को हौ ? ये, नम्मे र भउते जो त हईछौ नि त, दादा र पुन्टे त सुति राका होलान केरे अझै । ए हे, हर्के दाजी पुनि हुनु हुँदो रहेछ यहीं जो । ल भनओ त केटा हो, ल त भउते, नम्मे, र हर्के दाजी, तो अघि जवाफ फर्काम्नी मेरा खेत रोप्नी जमुनि हो कि मेउसीकाने हो कि फूलमुति हो, हँ ?
Read Full Discussion Thread for this article