Posted by: shree5 September 8, 2005
Login in to Rate this Post:
0
?
अब आफू त एउसरे मुन्छे केरे, सप्पै एक्लै भ्याम्न पर्नी । तेही भएर बेहा अर्न परो चाडै जो भनेको पुनि हो केरे । अब धन्न
एउ दुई सर्को भुसाहाका भराँ जो भउतेले फिरिमा उनैको मिलाँ अन्न पारिदिन्छन । भउतेकहाँ जान पायी नपरे पल्लाघरे
रैयाँ (ruina) फुपै लाई दिएसी पिस्नी जति त पिसिदिन्छिन । हाताँ बडेमानको रैयाँ (रैञा, रईंया, -- अक्सर चाँदीको, बुट्टा नभएको बालो,
कङ्गन) लाउनी केरे, तेही भएर सबैले रैयाँ रैयाँ भन्छन, मेरा त फुपै जो भईन केरे, तेसो भएर रैयाँ फुपै भनेको के । जे होस,
तो मेसो तेसरी जो भेईयो केरे ।
अब खेती लाम्नी कुरो भनी तेस्तै छ । खास्सै धेरै त छैन केरे खेतै पुनि, तेई पुनि बाँझो राख्न त भएन । अनि भउतेलाई र
नम्मेलाई दुख बिसाएँ। नम्मेले आफ्ना एउ हल गोरु दिए केरे, भउतेले फकाई वरि सिरानघरे हर्के दाजीलाई मनाए । त्याँसी हर्के
दाजीले सिया लाएर, त्याँसी खोक लाएर गह्रो ठिक्क पारिदिनु भओ। जाद्रै गुन मानेको छु हर्के दाजी हजुरको । अब अर्दा अर्दै
हिजो मेलो बाँझै रह्यो केरे । त्याँसी पुन्टे दाजीले ईतित्ति एउ डोको धानको बीउ पुनि दिनु भओ केरे।
अनि जमुनिलाई रोपिदेउन भनेर फकाको, "तिम्रा ती चारवटा सुर्का रोप्न पुनि के को टईम चाईयो र, म र मेउसीकानेले सल्लाहा
अरेर एउटी गयेर भलि रोपि दिम्ला । अब दुईटैले नभेउनी भा फूलमुतिलाई पठाईदिम्ला, तेसका केइ केइ कुरा मलाई थाहा छ के,
तेही भएर मैले भनेसि त जे पनि अर्चे, नत्र मैले कुरो खोल्दिम्ला भन्नी डर छ के तेसलाई । तर तेसले त रोप्नै जान्दिन र हो
के, सहराँ बसेकी केरे धेरै । जे भा नि नडराउ, बरु भलि दिउसो जो अर्नी (खाजा, tiffin) बनाएर ल्याम्नु मिट्ठो" भनेर भनी ।
तेसो भासि खेत रोपिनी काम पुनि झन्नै झन्नै भेईयो केरे ।
ती भए हिजोका कुरा । अनि आज अर्नि पुनि बनाएँ। सिरम्लाका चामल भुटेर खट्टे बनाएँ, ईत्ति घिउमा चिनीसित मुछिदें, अनि
तामाको अचार सित त खास्सा जो हुनी भओ केरे ।
त्याँसी अर्नी पुराम्न जाँदै थिएँ केरे, बाटाँ त दुईटा बालख हुर कुटाकुट अरि राका । को रैचन भनेर हेरेको त पुन्टे दाजीको छोरो
भुन्टे र दादा को भाई गिरई । भुन्टेले गिरईलाई भकुर्न सम्मन भकुरि राको छ केरे, हेर उल्का । भएछ के भनी दुइटै आफ्ना
भक्खर रोपेका खेताँ पानी लाम्न आका रैछन । रोपाई अर्नी बेलाँ बुडापाकाले आफै जो अरेचन केरे, पानी लाम्न मत्रै त जसलाई
पठाए पुनि हुनी जो भओ ।
अब पुन्टे दाजीले दादा सित साँधमा भाको खेत आगुमका सिरीपन्चमीका भाका राखेर दादालाई जो उजिन्डेमा बेचेका केरे । अब
गाममा हल्ला त धोबिनीकाँ रिन लाएर हो, गएर रौसी खान्छ, अनि दुई रुप्याको खाओ भनी धोबिनीले बीस रुप्याको बही तमसुक
लेख्छे, तेस माथि पुनि मैना तिनेक ब्याज ठटाम्छे पुनि भन्छन केरे, तर मेरा त पुन्टे दाजी जस्ता हितघत मिल्नी गाममा अपुर
कोई पुनि छैनन । भउते पुनि दुई लम्बरमा पर्चन केरे मेरा'ट त ।