Posted by: shree5 September 6, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
हन भाई हो, म त फूलमुति सित डराएँ केरे, जल्लाई पुनि आँखा झिम्क्याम्दि र 'चन । भओ भो, मैले त नम्मे को अर्ती मान्नी भएँ, लौ जा । अझ नाम पुनि रोजी अरे ? हँ ? हईन तिमलाई के के मत्रै रोजेर नपुगेको हो, अब नाम पुनि रोजी अरे, तो पनि रोजेरै राखेको अरे । म त अब जति हुन्छ, पुन्टे दाजीले भने जैं सपना भनी देख्नी, अर्थोक नअर्नी । कस्सम ल, जनैले खानी ।फूलमुतिलाई अब नपछ्याम्नी । भउते बरु जमुनिले क्यारी छ हिजाऽज ? माथि डाडाघरे सेतीले पुनि आज त अँउरेजी कुरामा के के भन्दै थिई बाई । मैले त के भन्नी के भन्नी, फेरि खुशीको नि सीमा साँधी भएन केरे सेतीले बोलासी, अनि ४ कक्षासम्म पढेको जम्मै अउँरेजी एकै सासाँ भन्दे , कन्ठै थियो केरे उ बेलाँ घोकेको " हेल्लो किलास, गुड मर्निङ सर, हाउ आर यू, फाईन थाङकु " भनेर । त्याँसी त मुसुक्क हाँसेर हात हल्लाम्दै "भाई भाई " भनि केरे। म त आज तीजको दिन, ठीकै छ भाई नै बनाई भन्ठानें। बरु भन्न भन्न दाई भन्या भे नि हुन्थ्यो, म भन्दा त कान्छी नै थिई केरे भन्ठानेको त झल्याँस्स सम्झे फेरि "बाई" माने त अब घर जाम भनेको हो । अनि मैले नि "हुन्छ तिमी र म तिम्रा बाई" भनेको फेरि हाँसेर "बाई बाई" भन्दै गाकि छे। लौन, मलाई त अउँरेजी सिक्न पाए पुनि डाडाघरे सेतीले पछ्याम्थी कि भन्नी आस लायो । कोई हुनु हुन्थ्यो कि सईं साथे टिउसीनै पढाम्नी भा नि हुन्थ्यो । Keep rolling...
Read Full Discussion Thread for this article