Posted by: Nepe September 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
एउटा भूल-सुधार र क्षमायाचना गर्नु छ, शिरीषसंग । केहि समय अघि गजलको 'काफिया' सम्बन्धी नियमबारे वहस चल्दा 'मतला' ले नै काफिया निर्धारण गर्ने र अन्य शेरहरुले 'काफिया' बदल्न नसक्ने भनेर ढिपी गरेको थिएँ र शिरीषको केहि गजलको काफियाबन्दीमाथि आपत्ती जनाएको थिएँ । यो बहुसंख्यक गजलहरुले पालना गर्ने नियम त हो । तर केहि अपवादहरु पनि भेटेको छु । गालिबको यो गजल नै एउटा उदाहरण हो । त्यसैले मेरो पुरानो आपत्ती फिर्ता लिदै अज्ञानताको लागि क्षमायाचना गर्दछु । जो आज्ञा । कमाल अच्छा है ! जमाल अच्छा है ! तो माल अच्छा है ! सवाल अच्छा है ! का हाल अच्छा है ! ये साल अच्छा है ! मआल अच्छा है ! खयाल अच्छा है !
Read Full Discussion Thread for this article