Posted by: Bhaute September 5, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
ल गएछ, अब बाँकि। साझामा नि सानदाइले धारा १२७ लगाएछन् जस्तो छ। एकै पल्ट धेरै हरफ टाँस्नै नमिल्नी। *** *** *** हामेरु जाँदा त केटो पसिना पसिना भेsर बसेको, त्यो जाडोमा पनि। आँखा भरि आँसु, अनि सिंगान सुर्किदै कालो र निलो नि, के भन्नि अब। "यो दाउरा, डाँठ सबै चिसो रेsछ यार, बल्दै बल्दैन।" गोबिन्दे हातले सिँगान पुछ्दै रुन्चे स्वरले गुनासो गर्यो। "सकिन भन्न, के को दाउरालाई दोष लगाम्छस्।" "लु, तै सल्का न त, सक्छेस भने।" "ल, म आगो फुकेर भात सात पकाम्छु, तैँले भाडा माझ् है त।" सरले पनि के कम नि। "परेन, मै सल्काम्छु।" भाँडा माझ्न पर्ने देखेर केटो फेरि अगि सर्यो। यसो सलाईको खोरी खोल्दैथ्यो, सरले कराई हाली। "लु हेर यसले त सप्पै सलाई सकेछ, खै छाड्" सरले अघि सरी। "छाड् के, मै सल्काम्छु।" गोबिन्देले दिएन। " ऐले सलाई सक्यो भने तैँ जान पर्छ घर, आगो लिन।" सरले ले सर्त राखी। त्यो सुनेर "ला भो तैँ सल्का, बरु भाँडा नै माझ्छु।" भन्दै गोबिन्दे पछि सर्यो। म मन मनै खुशी भएँ, मेरो पलान सफल भाsको देखेर। अनि गोबिन्दे र म फेरि चुङ्गी खेल्न थालेम्। *** *** *** *** *** "जाउ न भउते, उ त्यो साईँली माङको गोठमा गएर छानाको खर थुतेर ल्याउ। मेरो सट पनि सुक्यो होला ल्याइदेउ है।" चिसो दाउरा सँग केटीको पनि क्यै दम चलेनछन्। "देखिस् त, खुब मलाई भन्थिस नि !" गोबिन्दे खुशि भेsर सरलेलाई खुच्चिङ गर्यो। अरु बेलाँ भे त एकैफेर भनेको भरमा मान्ने मान्छे कहाँ हो र म। क्यार्नु, आफ्नै पेटाँ मुसा कुद्न थालिसकेका थिए, भनेको मान्नै पर्यो नि अब। फेरि कति खेर पाक्छ र ओहोरा खाने धोको पुरा हुन्छ भनेर बसिराs। पैला त्यसको सट लिन पर्यो भनेर यसो खोजेँ, कतै छैन। फेरि चिच्याएर सोधेँ। "त्यैँ अलिपर कुट्मेरोको फेदनेर हेर न" सरलेले जवाफ दिई। सरलेले भनेको ठाम्मा पनि छैन त सट। अलि पर हेरेको त सारुको गाईले त्यसका सट त मज्जाले चपाईराsको। खोस्न भनेर गाsको त झन गाई त सट मुखमा लेsर दुगुर्छ बा। बल्ल बल्ल भेटेर समातेँ। मेरो हातमा त बाउला मात्र आयो, बाँकि गाईले नै खाँदै दुगुर्यो नि, के भुन्नी अब। *** *** *** *** *** :) -भउते
Read Full Discussion Thread for this article