Posted by: Bhaute September 5, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
एकै चोटी धेरै टाँस्न नमिलेको हो कि। फेरि भएन। टुक्रा पारेर टराइ मारम है त। *** *** "ल गोबिन्दे, त्यो आगो सल्काउने र पकाउने भाग तेरो हो के रे" सरलेले चुली सुली बनाएर ठिक्क पार्दै भनी। "लौ छोड, म गरिहाल्छु नि" भन्दै तम्स्यो केटो। सरले र म अलि पर गएर गिँदरीको पात टिपेर धागोले बाँधेर चुङ्गी बनाएम्। "कतिमा ग्याम, ल भन् सरले" "२० मा" "छि के बीसमा खेल्नि, पचास गरम्" मैले कैले काईँ एकै पाल्टिमा २० पुर्याईदिन्थेँ के। अझ साच्चिको चुङ्गी त ४० ट्याक सम्म लगाउने नि। त्यसैले २० मा ग्याम हुनेगरि त खेल्नै मन लागेन। "मलाई २ ढाल देउ है त" सरलेले मान्न त मान्नि भई। "अनि ब्याक कति फाल्नि नि?" केटीले त ब्याक फाल्ने पनि सिकिसकिछ, मच्चिदै सोधी। "५ हात" म पनि के कम नि। हुन त ४ हात भन्दा धेरै हान्न सक्ने त होईन। कैले काईँ झुक्केर ५-६ हात नै पुग्थ्यो के। "हुन्न बाई, ३ हात मात्र" के के नै फूर्ति लगाईथी, केटीका लुल झरिहाले। हामेरु चुङ्गी पनि खेल्दै गएम र बीच बीचमा गोबिन्देलाई पनि आँखा लगाउदै गएम। आगो सल्क्यो कि भनेर भन्दा पनि घ्यू खाईदिन्छ कि भनेर। *** *** *** *** *** *** "मैले त आगो सल्काम्नै सकिन यार, आओ न तिमेरु पनि" गोबिन्देले चिच्याउदै भन्यो। "तेरो भागको काम हो तैँ गर।" सरलेले ओठे जबाफ दिई। मेरो खुट्टा बाट चुङ्गी खस्यो भुईँमा। "तिमेरु कराएको सुनेर झुक्किएँ यार म। म त फेरि खेल्छु।" सुरु गरेको ४ पनि नपुग्दै फुत्केछ के चुङ्गी। "हुन्न बाई, यिनी त कस्ता झ्याली रैछन।" सरले ले मानिन। "साच्ची हो के। के को झ्याली भनेकि छेस् अर्कालाई" मैले पनि जिद्दी गरेँ। "खेल्दिन बाई, यस्तो झ्याली सँग। म त गएँ।" सरले त साच्ची गई। " हारेँ भन् न बरु। ५ ग्याम खाईहालिस के रे" मैले लगातार ५ ग्याम लगाईदिसक्याथे के। ट्याक लगाउन त त्यसले राम्रै गरेकी थी, ब्याक फाल्ने बेलामा वाङ् खाईहाली नि केटीले। *** *** *** *** *** क्रमश....
Read Full Discussion Thread for this article