Posted by: Bhaute September 5, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
सरुभक्त-९ (साझा बसिबियाँलो) सरले अझै जाडोले टुक टुक काम्दै थी। गाला र पाखुराका छालामा काँढा उम्रेको देखेर कस्तो मुसारुम मुसारुम जस्तो लागिराथ्यो आफुलाई। फेरि जाडोले कामेको देखेर टिठ पनि लाग्यो विचरीको। " जा यार, त्यो सट लगेर उs त्यो गोठ तिर घाम लाsको ठाममा सुकाsर आइजे।" मैले तेल्लाई सल्लाह दिएँ। "अनि म नाङ्गै बस्नी ?" सरलले आँखा तरी। "के भो त, हाम्ले सप्पै देखिसकेम।" भनेको त गोबिन्दे खुतुतुत्त पो हाँस्छ। "ला, यो मेरो सुइटर लगा।" अगि त्यल्ले चप्पल देsको सम्झेँ। फेरि मैले भित्र बाट लाम्बाउले सट पनि लगाथेँ। पैला त मानेकी थिइन, एकछिन पछि त जाडो भेsछ कि क्या हो, "खै लेउ तिम्रो सुइटर" भनेर मागी र गोठ तिर गएर फेरेर आई। *** *** *** *** *** "ल अब तिमेरुले चुली बनाम्न ढुँगा खोज केटा हो" भन्दै सरलेले जोतेको ठामको माटो यसो मिलाम्न लागी। गोबिन्दे माथितिर लाग्यो, म तलतिर लागेँ। एउटा ढुँगा लिएर फर्कदै थेँ एकै चोटी गद्र्याम्म आवाज आयो। पैला त गोबिन्देले ढुँगा फालेको होला भनेर वास्ता गरिन। पछि त रोएको पो सुनिन्छ। "ए गोबिन्दे, के भो?" भन्दै हाम्ले यता उति हेरेम्। केटो त कतै छैन बा। ठगेले फर्केर पिटेछ कि क्या हो भन्दै दुगुर्दै माथितिर गाsको त गराको कुनामा बसेर रोइराको गोबिन्दे त। फेरि टाउको र ढाडमा पनि माटै माटो छ। बारीको छेउको चिउरे ढुँगा उखेल्न खोज्दा उछिट्टिएर ढुँगा सँगै तल्लो गरामा पो खसेछ के केटो। धन्न ढुँगा तेस माथि नै परेनछ भनम् न। "अनि त्यो चिउरे ढुँगा आगोमा परेपछि त पड्किहाल्छ नि। क्यार्न उखेलेको त।" सरलेले त उल्टै गालि पो गर्न थाली। मैले त्यल्लाई उठाइँ र धुलो सुलो झार्दिएँ। "आइज हाम्ले खोजिसकेम्" भन्दै हामी फर्केम्। एकछिन केटो आएन,लाज मानेर होला, एकछिन पछि त अगिको त्यो चिउरे ढुँगा बोकेर पो आउँछ। " न ले के त्यो याँ, तातेर पड्किन्छ" भनेर सरलेले भन्दा भन्दै चुलीको छेउमै ल्याsर राख्यो। दु:ख गरेर उक्काको, त्यै भेsर होला नि। फेरि त्यो अलि अटेर अटेर पनि छ नि, आफ्नै कुरोमा अड्डी लिनी जतिखेर पनि। *** *** *** *** *** क्रमश...
Read Full Discussion Thread for this article