Posted by: Nepe September 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
What an alliteration ! भाग्दा भाग्दै -याङ्ग भेट्न भ्याउदै भ्याईएन, झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी ! Sirish, हरेक हिसाबले गालिबको समकक्षी गजल यो त । मतलालाई अलिक चुस्त बनाउन बाँकी छ । बाँकि शेरहरु अनुपम । पढेर अवाक भएँ । औषधीले झैं चह-यायो खाक घस्दा एक्कासी ! जोगीको आभास भयो जिन्दगी फस्दा एक्कासी ! उडी केल्लाई छोवोस् आकाशिदो उद्देश्यले ? उचाईमा टांगिएको चन्द्रमा खस्दा एक्कासी ! मन्द बिख दिनदिनै पिई मात्नेलाई पनि, असर नसामै प-यो, सर्पले डस्दा एक्कासी ! गधाको भारी पनि आफ्नै पिठ्यूमा लादे जस्तो, उठ्नै गारो भयो, थकाई मार्न बस्दा एक्कासी ! भाग्दा भाग्दै भ-याङ्ग भेट्न भ्याउदै भ्याईएन, झ्याल र ढोकाबाट नै अध्यारो पस्दा एक्कासी ! Nepe
Read Full Discussion Thread for this article