Posted by: Nepe September 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरीष, गजलको अनुवाद गजलमै गर्नु एक असम्भवप्राय: काम हो । शिरीषको प्रयासले यो मान्यता माथि नै पुनर्विचार गर्नु पर्ने हो कि भन्ने देखाईरहेको छ । निश्चय नै कम्तिमा पनि काफियाको बन्धनले गर्दा धेरथोर अर्थान्तर भएकै हुनुपर्छ (परन्तु आफु पनि शिरीष जस्तै Dictionary dependent परिएकोले यस विषयमा अधिक जानिफकार टिप्पणी भने गर्न सक्दिन !) जे भए पनि, साझाका नेपाली पाठकलाई गालिबसंग परिचय गराउने शिरीषको यो अत्यन्तै परिश्रमपूर्ण कामको चाहि सह्राहना गर्नै पर्छ । गालिबको पछिल्लो गजलको छुटेकोहरु मध्ये एउटा दामी शेर यस्तो छ और बाजार से ले आये अगर टुट गया सागर-ए-जम से मेरा जाम-ए-सिफाल अच्छा है (टुट्यो फुट्यो भने बजारमा जति पनि किन्न सकिने राजाको सुनको थाली भन्दा मेरै घरको माटोको बोहोतो बेस छ) सम्भवत: यसलाई अतिरंजित मानिएला र निश्चय नै गालिबले यति राजनैतिक भावभूमिमा यो शेर नकथे हुनन्, तर मलाई यो शेरले राजतन्त्र र लोकतन्त्रको अन्तरलाई मजाले प्रष्ट्याएको अनुभव हुन्छ । (के कुरा चाहिं बेग्लै हो भने नेपाली काँग्रेस भित्रको लोकतन्त्र र राजतन्त्रमा त्यति धेरै अन्तर छैन !) Nepe
Read Full Discussion Thread for this article