Posted by: Nepe September 5, 2005
Nepe's disdain for Anonymous Posters
Login in to Rate this Post:     0       ?        
गजलको मुडमा छु । म्याउट्रिसरोज बुईनी, केहि समय अगाडि एउटा बेग्लै सन्दर्भमा एउटा गजल कोरेर टास्याँ थिएँ साझामा । त्यसको एउटा शेर फेरि सुनाम् सुनाम् लाग्यो । सस्ता कुराको नै बेसी बजारमा माँग देखें पुरै गजल चाहिं यहाँ छ, गोडा दुई एक शेर पनि थप्या छु । चन्द्रमामा दाग देखें मेरो तिम्रो भाग देखें सस्ता कुराको नै बेसी बजारमा माँग देखें जहाँ वैरभाव देखें त्यहाँ अनुराग देखें म पछाडि को आयो हँ ? ईशारा 'चुप् लाग' देखें दिउसो ठुटो देखेको रातमा चिराग देखें रंगीचंगी फूललाई बाख्राको साग देखें मजुरको प्वाँख खस्दा 'नेपे' लाई काग देखें Nepe
Read Full Discussion Thread for this article