Posted by: Deep September 3, 2005
Login in to Rate this Post:
0
?
आजको बयान साझाका एक ससक्त ब्यक्तित्व "ओयस चिल"को घर अगाडी बाट गरौं
कि जस्तो लाग्यो। ओयसको घर अगाडि म, बाङ्गे, प्रमोद अर्थात पण्डित
(राँगाको मासु खादैनथ्यो, अनि के भन्नी त? ) र बाले पोखरी
पछाडि पारेर भोलिको कार्यक्रमलाई मु्र्त रुप दिन सल्लाह गर्दै थिम्। ओयसको घर
अगाडी पू्र्व फर्केर उभिदा दाईने अर्थात; दक्षिण पट्टि ओयसको घर, मालीगाउँको सुदुर पश्चिमीभाग हुँदै
ज्ञानेश्वर पर्थ्यो; उत्तर पट्टि पोखरी, भिमसेनथान-ढल्कु, बिशालनगर; पश्चिम पट्टि टङ्गाल गणेश, गैरिधारा; अनि पूर्व पट्टि भगवति थान, कोटालटोल र
सुदुर पूर्व जिरा मरिचदाईको बृहत सिफल।
समय अपरान्हको यस्तै चार चानचुन भाको हुँदो हो किनकि बिज्ञापन सेवा भर्खरै
सक्या थ्यो। हामी लाग्यौं पू्र्व तिर। भगबतिथान पछाडि गएर धुवाँ त तान्नै पर्यो।
ए पण्डित, तँ **जि थरथर हो कि के हो ऐले नै? बाङ्गेले जिस्कायो पण्डितलाई।
के झाँ*को थरथर नि! पण्डितले घुरेर बोल्यो। आज अलि चिसो चिसो रे छ, थप्यो
पनि। बाङ्गेले एउटा सानो सिसिमा बाउको रक्सि हालेर ल्यारेछ, खल्तीबाट झिकेर
पण्डितलाई दिदै भन्यो, ला गति पर्। पण्डितले केइ भन्नु गर्नु अघिनै बालेले
सिसि झ्याप हानेर सप्पै घुट्काइदियो। भनाभन भो। मनपरि शब्द नबोले त जिब्रो
बान्या जस्तो हुनी बोलेको स्वादै नआउनी। मन खोलेर भनाभन हुदैथ्यो, मन्दिर छेउ
बाट एउटा ठुलै मान्छेले लात खान मन लायो भनेर सोधेसि, अलि सानो
सोरमा बालेलाई सराप्दै मन्दिरबाट निस्केर लस्किम पूर्व।
....