Posted by: Dada_Giri September 2, 2005
Nepe's disdain for Anonymous Posters
Login in to Rate this Post:     0       ?        
नेपेजी यो कालो झण्डा देखाउने, अनि घैला फोरे साइत बिगार्नी पनि ठीकै होला। तर प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराएर राजालाई सुझाब दिनी अथवा भनौँ न आत्थो आत्थो पार्ने रचनात्मक काम पनि गर्नु परेन र भन्या? हुलमुलमा पसेर कालो झण्डा देखाउन त कति गाह्रो भो र? राजाले यसबाट के बुझ्ने नि? बिरोध गर्ने तत्व पनि छ। तर त्यो बिरोध गर्ने तत्त्वको भनाइ के? सुझाब के? यदि कुनै कदम चाल्नु प-यो भने उनीहरुको सहयोग कस्तो हुन्छ? उनीहरुले भनौँ न अन्तर्रास्ट्रीय जगतबाट कस्तो नैतिक भनौँ या भौतिक सहयोक जुटाउन सक्छन्? उनीहरुले आफ्नो तर्फबाट के सहयोग गर्न सक्छन्? त्यो पनि चाहियो नि। कि यो सबैको तयारी भइराऽछ नेपाली समुदायबाट कुरोले मलाई नबुझ्या मत्र हो कि? राजा फर्केर "म त के भन्छु भन्देखि, त्यो बिरोध गर्ने तत्त्व भनेको नेपालबाट सरकारी कोटामा पढ्न गएर उतै पलायन हुनेहरु हुन्। तिनीहरुबाट सतर्क हुनु नै राम्रो छ। " मैले पल्लो पुल्चोक क्याम्पसको कुराको धागोको कुरा जोड्या मात्र नि उदाहरण स्वरुप। त्यसैले यो कालो झण्डा देखाउने मात्र कुरा चैँ अँध्यारोमा लाटीको तिघ्रा चिमोट्ने भन्दा ठुलो काम, रचानात्मक सहयोग/बिरोध लागेन है ल। हाम्ले बिरोध गरेम् भनेर Self-Satisfaction लिनलाई त अब पुग्ला। रिसानी माफ होस्।
Read Full Discussion Thread for this article