Posted by: nationalist5 September 2, 2005
What Nepal must do to protect border problem with India?
Login in to Rate this Post:     0       ?        
नेपालको सुस्तामा भारतको दाबी: विहारका अपराधीलाई नेपालले 'सेल्टर' दिएको आरोपमा सुस्ताको नेपाली भूमि नै भारतीयहरुले कब्जा गर्ने कोसिस गरेका छन् । नवलपरासी जिल्लाको सुस्तामा नेपाली भूमिमाथि भारतीय हस्तक्षेपको पीडा बोकेर राजधानी आइपुगेका ८४ जना स्थानीय बासिन्दा रित्तो हात फर्केका छन् । १० दिनसम्म थापाथलीस्थित कालमोचन घाटको पाटीमा बसेका उनीहरू खानपिनको समस्या र बिरामी हुन थालेपछि बिनाकुनै निकास फर्केका हुन् । जानुअघि नेपाल सँग आमद खाँले भने, "त्यहाँ के भइरहेको छ, थाहा छैन । यहाँ आएका मान्छेहरू पनि बिरामी पर्न थालिसके, त्यसैले र्फकंदैछौँ ।" सुस्ता भारतसँग सीमा जोडिएको नेपाली भूभाग हो, जो चारैतिर नारायणी नदी भएकाले टापुजस्तै छ । उत्तर, दक्षिण र पूर्व तीनैतर्फ भारत, विहारको पश्चिम चम्पारन जिल्ला रहेको छ भने पश्चिमतर्फ नेपालको पक्लिहवा गाविस पर्छ । थोरै सीमा उत्तरप्रदेशसँग पनि जोडिन्छ । नवलपरासी जिल्लाको दक्षिण-पूर्वी सीमामा अवस्थित यस ठाउँमा नेपाली भूमि भएर पुग्न डुङ्गा तर्नुपर्छ, जो वषर्ायाममा त्यति सहज हुँदैन । त्यसैले भारतीय भूमि भएर आवतजावत गर्छन्, सुस्तावासीहरू । अहिले भारतीयहरू प्रवेश गरेर 'आतङ्क' मच्चाएको यस नेपाली टापुमा नेपालबाट सहज पहुँच नभए पनि भारतीयहरू सजिलै पुग्नसक्ने भौगोलिक बनावट छ । त्यसमाथि नारायणीको भेलसँगै त्यहाँ पस्ने उब्जाउ पाँगोका कारण उखु अत्यन्त फस्टाउँछ । त्यसैले सो भूमिमाथि भारतीय बासिन्दाको आँखा लाग्ने गरेको स्थानीयवासीहरू बताउँछन् । पटक-पटक अतिक्रमणको दुःख पाइरहने सुस्तामा पछिल्लोपटक गत जेठदेखि भारतीयहरूले आधिपत्य जमाउन खोजेका हुन् । सुरुमा गाईवस्तु चराउने जग्गा 'धनैया' मा भारतीयहरूले जोत्न थालेका थिए । असार ५ गते ट्याक्टर लिएर सदरमुकाम गएका स्थानीय बासिन्दाले आफ्नो समस्याबारे प्रमुख जिल्ला अधिकारी निरञ्जन बराललाई जानकारी दिए । तर, सान्त्वनाबाहेक केही नपाएको स्थानीय गोपाल गुरुङ बताउँछन् । साउन १५ गतेदेखि भारतीयहरूले पुनः नेपालतर्फ पसेर बाँझो जग्गा जोत्न थाले । भारतीय सीमा सुरक्षा बल -एसएसबी) को सहयोगमा भित्रिएका भारतीयहरूले उखु फाँड्नुका साथै धानबालीमा गाईवस्तु चराइदिएका थिए । आफूलगायत रामअवतार साह, भगवन्त कुर्मी, लालअहमद खाँ, विजय बनियाँ, सुरेश मुनियाँ आदिको गरी करिब छ-सात बिघाको उखु काटिदिएको मोती बिन बताउँछन् । भन्छन्, "मेरो १० कट्ठाको उखु र मकै पनि काटिदिए ।" News: http://www.kantipuronline.com/Nepal/atkrman.php
Read Full Discussion Thread for this article