Posted by: himaliketo August 31, 2005
Aarko Short Story Dhamakaa!!
Login in to Rate this Post:     0       ?        
परिबर्तन थुप्रै बर्ष भयो उसलाई नभेटेको,अझ भनौ उ अमेरिका छिरेपछि त फाट्ट फुट्ट सम्झनामात्रै!स्कुल पढ्दा उ मिजासिलो साथि थियो सबैको।नरम बोलि,नरम बानि,साथि भाई सग झै झगडा,ळुकाचोरि केहि थिएन।नारी स्वभाब को थियो उ।लगभग ६,७ बर्ष अगाडि उ अमेरिका आइपुगेको हो।म उसको धेरै साथिहरुमध्ये एक हु।मलाई पनि सम्योग जुर्यो अमेरिका छिर्ने तेहि ६,७ बर्ष पछि।चिनेजानेको साथिभाई भनेको उहि थियो अमेरिकामा।बल्ल तल्ल फोन थेगाना पत्ता लगाए।नेपाल बाट कुराकानि गरे,म आउदै छु भनेपछि उ खुशि भयो,सगै बसौला,काम गरऔला,खोजौला आदि ईत्यादि।म मेरो पुरानो साथि सग मिलन हुन उत्साहित थिए।ऊ मलाइ लिन एयरपोर्ट मै आउछु भन्थो म ओर्लिए सबैले भन्ने "सपनाको शहरमा"!तीब्र उग्रताकासाथ साथिलाई एयरपोट मा खोजे।६,७ बर्ष पछि साथि मोटायो होला,छाला गोरो भयो होला, कपाल कैलियो होला भन्ने सोच बनाए।अझै थम्याउन सकिन।'हेलो अरुण" मेरो नाम लियो भिडबाट कसैले,अनुहार खोजे भिड मा?एउटि नारी स्वरुप,कतै देखे देखे जस्तो ळाग्ने अनुहार अगालो हाल्दै अघिबढ्यो त्यो रूप,"मैले त चिनिन नि त?!" मैले भने।"हे हे म तेरो साथि सरोज;;;;;; हेर्न म त लि'ग परिबर्तन गरेर केटि बनेकि छु, नाम परिबर्तन गरेर रोजि भएकि छु" उसले भन्यो।म एक छिन अल्मलिए अनि उसको(उनको) हात समाउदै अघि बढे। सहदेब
Read Full Discussion Thread for this article