Posted by: Ok August 30, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
टङ्कगणले अब सके सम्पादक र प्रकाशकलाई पक्राउ गर्ला वा तिनलाई हैरान पार्न मुद्दा चलाउला । काका भन्छन्, गरोस् र चलाओस्, झनै राम्रो हुनेछ । अझ धेरै नागरिकले कार्टुन पढ्नेछन् । अझ धेरै नागरिकलाई शाही शासनको सक्कली चरित्रको ज्ञान हुनेछ । अझ धेरै नागरिक लोकतन्त्रको अभियानमा लाम लाग्नेछन् । कान्तिपुर र काठमाडौँ पोस्टका सम्पादक र प्रकाशकहरूको ख्याति अझ धेरै बढ्नेछ । र यी प्रकाशनहरूको लोकपि्रयता झनै चुलिने छ । ढकाल महोदयसँग काकाको निवेदन छ, यो सत्कर्म सम्पन्न भइहालोस् । सारा जगत्ले देखोस् र जानोस्, शाही शासन जनजनका सपना बोक्ने दलहरू र स्वतन्त्र प्रेसको ज्यानी दुश्मन हो । यिनको मृत्युमा मात्र उसको अस्तित्वको रक्षा हुनसक्छ । कार्टुनको गधा-बिम्बको चर्चा जब सुरु भयो, पत्रकारितामा अनेक अनुहारहरू आप\mनो सच्चा स्वरूपमा प्रकट हुनथाले । यस महलका अगुवा टीके अनुहारहरू सरकारी गोरखापत्रमा गोचर भए । कुनै टीकेले कार्टुन बनाउने र छाप्नेको सर्वस्व हरण गर्नुपर्ने दिव्य वाणी प्रसार गर्?यो । कुनैले जन्मकैदको माग गर्?यो । अझ कुनै उच्चतम् टीकेले त मृत्युदण्डको माग राखेर दरबारमा बिन्तीपत्र नै चढायो । राम्रो छ । भित्र जो जे हो त्यही रूपमा ऊ बाहिर प्रकट हुनु मानवचरित्रबारे लोकको ज्ञान वृद्धि हुनु हो । त्यो भयो । यहाँनेर गोरखापत्रका यी महान् लडाकाहरूछेउ काकाका दुईवटा निवेदन छन् । एक, राजा बाघछापे बर्दीमा सडकमा निस्किरहेकै छन् । आज्ञाकारी मुद्रामा गोरखापत्रका लडाकाहरू पनि बाघछापे बर्दीमा किन नसजिने ? आखिर जङ्गी पत्रकारिताको सच्चा परिधान यही त हो । दुई, गोरखापत्र कर्पोरेसनको नाम परिवर्तन गरी खुफिया कर्पोसन, झोसपोल विभाग बनाए कति सुहाउँदिलो होला ? जस्तो काम उस्तै नाम हुनु इमानी र पारदर्शी हुनु हो । झटपट बनाइहालौँ । बन्धु, शुभ कर्ममा बिलम्ब किन ? उसो त सरकारी पत्रकारिताको ड्याङमा अर्को एउटा मूला पनि माटोमाथि उत्रेको देखिन आयो । साँचो अर्थमा यो उही जङ्गी पत्रकारिताको भाइनाइके हो । यसले आप\mनो पत्रमा बाँदरको कार्टुन बनायो र बाँदर बिम्बमा 'प्रेस स्वतन्त्रता' जडान गर्?यो । पत्रकारिताको क्षेत्रमा चाटुकारिताको यो अब्बल उदाहरण हो । तर बिचरा यस चाटुकारका आप\mनै दुःख छन् । दुःखीले पहिलो पातोमा सम्पादकीयमा लेख्यो, हे राम ! ख्वामित्को सेवक यो हनुमान पारितोषिक नपाएर रोइरहेछ । हेर्नुस्त पाठकवृन्द, चाटुकारलाई यो कत्रो दुःख ! क्रमश:
Read Full Discussion Thread for this article