Posted by: Ok August 30, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
वास्तवमा यो कार्टुनमा संवैधानिक राजतन्त्र अंकित गधा-बिम्ब माध्यममात्र हो, व्यङ्ग्यको निशाना होइन । निशाना त गिरिजाबाबु पो हुन् । गमेर ल्याउँदा अचम्म लाग्छ । कार्यकर्ताहरू र प्रवक्ता गिरिजाबाबुका पनि नभएका होइनन् । तर कार्टुनमा बूढालाई संवैधानिक राजतन्त्रको सढेको बिम्ब बोकाएर त्यत्रोविधि खिसिट्युरी र कुरिकुरी गर्दा पनि उनका कार्यकर्ताहरू र प्रवक्ता चुपचाप सहेर बसे । यो सहनशीलता लोकतन्त्रको धर्म हो । भूलचुक गर्ने नेता वा जनपिराहा शासक आलोचनादेखि माथि हुँदैन भन्ने कुरा कांग्रेसीगणलाई थाहा छ । तर अलोकतान्त्रिक शाही शासनका कार्यकर्ताहरूको चारित्रिक विशेषता भने असहिष्णुता, असहिष्णुता र असहिष्णुता मात्र हो । र शाही प्रवक्ता टंक ढकाल यो चरित्रका प्रतिनिधि पात्र हुन् । कान्तिपुर र काठमाडौँ पोस्टमा जब वात्स्यायनकृत गधा-बिम्ब प्रकट भयो, शाही शासनको संरचनाभित्र भयानक खैलाबैला मच्चियो । कान्तिपुर पब्लिकेसन्सका निर्देशक विनोद ज्ञवाली तथा कान्तिपुर र काठमाडौँ पोस्टका सारथीद्वय नारायण वाग्ले र प्रतीक प्रधानलाई प्रजिअकहाँ डाकिपठाइयो । र प्रजिअद्वारा सांकेतिक भाषामा तर खुलस्त बुझिने गरी 'टेक्छौ घुँडा टेक, नत्र म प्रहरी लगाइदिन्छु' भनेर थर्काउन खोजियो । नबिराउनू, नडराउनू, एकबारको जुनीमा बित्थामा किन घुँडा टेक्नु ? कान्तिपुरे तीन तरुणले आप\mना स्वाभिमानी घुँडा टेक्न हाक्काहाक्की इन्कार गरे । राजा बाघछापे बर्दीमा सजिएर पश्चिम भेगका प्रजासँग सडक संवाद गर्दैथिए । संवादमा राजाबाट आप\mना टीके कार्यकर्तालाई हुकुम बक्स भयो, हामीले पूर्ण प्रजातन्त्रतर्फ जानु पर्दछ । यता प्रवक्ता टंक ढकालले हुकुम सुने । र उनलाई जोस चलेर आयो । पूर्ण प्रजातन्त्रतर्फ जान दलहरू र स्वतन्त्र प्रेसको प्राण हरण गरिनुपर्छ भन्ने सामन्ती सत्यकोे उनलाई पुनःस्मरण भयो । अनि उनी रौद्र रूप धारण गर्दै पत्रकार सम्मेलनमा प्रस्तुत भए । क्रोधको चुचुरोमा चढेर उनले झन्डैझन्डै यस्तो आशयको गर्जन गरे, कार्टुन छाप्नेमाथि कारबाही गर्न नसके म डाडुमा पानी तताएर...। शाही टीकाधारी टंक ढकाल कुन्साङ काकालाई खुब मनपर्ने पात्र हुन् । यी लोकतान्त्रिक गणतन्त्रका अब्बल दर्जाका एक नकारात्मक गुरु हुन् । गुरु, प्रचारक र अभियन्ता- थि्र-इन्-वान् । टंकका मुखारवृन्दबाट जब कार्टुनको कुरा उठ्यो, जगत्ले जिज्ञासु मुद्रामा ठाडा कान लगायो । अनि एक लाख, दुई लाख, पाँच लाख नागरिकले धुइँपत्ताल खोजीखोजी कार्टुन हेरे । हेरेमात्र हैन, जान्नेलाई सोधीसोधी, गूढ अर्थ खोजीखोजी तिनले कार्टुनको रहस्य खोतले । यो कार्टुन एक खुला पाठशाला बन्यो जहाँ लाखौँ नागरिकहरूले राजनीतिक शिक्षा प्राप्त गरे । शिक्षाले भन्यो, संवैधानिक राजतन्त्र नामक भ्रमको मृत्यु भयो । अहिले अस्तित्वमा जे छ, यो निरंकुश राजतन्त्र हो । सत्यवादी वात्स्यायन अमर रहून् ! क्रमश:
Read Full Discussion Thread for this article