Posted by: Bhaute August 30, 2005
Login in to Rate this Post:
0
?
हरे शिव !
घरि जमुनीका वापत ला'छन्, घरि तामा चोर बनाछन्। यी गाम्लेले मैले भटभटे राखेदेखि किन खैरो खनेका हुन् हँ !
अस्ति ठाइँला मामाले " जा जमुनी, दिदैलाई ले'र आइजे, तीजलाई" भुनेर पठाएछन्। हाम्री आँवै पनि उस्तै के फेरि। बुढेस कालाँ नि माइत जाने भुने पछि दुइ दिन अघि देखि त्यसै फुरुक फुरुक ल।
बुढी मुन्छेलाई टारी खेताँ सम्म पुर्याउन परो भुनेर सँगसँगै झरेको। त्यो जमुनीले तिप्ले खोल्सा माथीको बिर्खेको बाँसाs झ्याङाs तामा देखिछ। "हाम्रो तीजलाई भुनेर राखेको तामा त छेउघरे फूलमतीले घाँस चोर्न आम्दा चोरेर लगिछे, लौ न भउते दाइ त्यो तामा भाच्देउ" भुनेर भनी। अब न गरम् भने बुढि भा'की आमैलाई तीजका बेलाँ नि गुन्द्रुकको तिहुन ख्वाएर पठाम्छन् कि भुन्ने पीर।
"एक्लै त के सक्छु र मैले। आँसि पनि छैन। आइजे तँ र म भे'र तानम्" भुनेर तेल्लाई नि ले'र बार बाट छिरेँ। कठै बरा! तामा त दुइ बित्ताको पनि रै'नछ। दुइटाले सामा'र तान्न नि नमिल्ने।
अन्खेरि मैले तामा समातेँ, जमुनीले मेरो कम्मरमा समाती। अनि बेस्कन तानेको त दुबैजना एकैचोटी तल खोल्सामा। जमुनी तल परी, म माथि, के भुन्नि अब। हातमा हेरेको त तामाको सुप्लो मात्रै, केका भाँचिनु नि।
यो सप्पै त्यो सिरेले तल बाटाँ बसेर हेर्या रे'छ। जमुनी माथि म परेको देखेर रिसले भुन्भुनिदै बोल्दा नि नबोलिकन हिड्याथ्यो केटो। त्यै झोकाँ त्यसैले तामा चोरेर गाम्मा मेरो कुरा ला'को हुन पर्छ ल।
कस्तो कपटी हो के यो मान्छे। झन मामाकी छोरी मिलाइदिम्ला भुन्याथेँ।
त्यै खोल्साँ परेर ढाड सड्केछ, त्यसैले दुइचार दिन बाहिर ननिस्केको त गाम्मा कुरो गडबड बनाइसकेछन्।
:)
-भउते