Posted by: shree5 August 30, 2005
Login in to Rate this Post:
0
?
हो त नि के दादा, तीनै प्रधानकी छोरी कान्छी त हुन नि ।
जन्मदा कुन्नि के नक्षत्रमा मूल परेको अरे, अनि आठ बर्ष सम्म त घरमा बसे हजुरबा कि हजुरामा टोक्नी जउ परेर त्याँट मावल राखेका हुन के रे नि त । १० वर्ष सम्म त उतै मावलीमै बस्थीन के रे, आरुखर्क मा । मेरा पुनि माईली फुपैको घर त उही फूलमुतिको मावल सँगै हो केरे । बेला बेलाँ म फूपैसित फूपैलाई छोड्न र हाम्रो गर्मीको बिदा हुँदा आरु खान जानी केरे उहीं। स्यानैमा त म भनेसी हुरुक्कै हुनी केरे नि फूलमुति त। आरु खाए पछि खोया जति जम्मा अर्थेम, अनि फेरि भुटेर अनि फोरेर खाँदा बदाम जस्तै मीठो हुन्थ्यो । कता कता घुम्न गईएन र, साछी बईनै देखाम्न पर्नी भा फेरि फेरि लेखम्ला नि यहीं। फूलमुतिका मामाको छोरा यामे, म र फूलमुतिको त ग्याउँ (gang) नै थियो के रे नि त ती बेलाँ।
पछि बहुदल आओ केरे, अनि उसका बाका साट्टा तोरिखर्के मास्टर्नीका बुढा अदछे भए केरे । फेरि उसका नछेत्रले पुनि हुनी भओ क्या हो, मावली मत्रै बस्न नपर्नी भओ केरे, अनि के के भए, त्याँट फूलमुतिलाई बौडुङ (boarding) स्कुलाँ पढाम्नी भनेर पखरा तिर लये केरे। पखरा'ट कैले कैले घर आम्दा नि मलाई भनेर म्याङगो टाट चकलेट, अरु के के हो मिठेई पुनि ल्याम्दिन्थी । एउ पाली त नुहाम्नी साबन, अनि गम्छा के के ल्याएर देकी थिई, तेल्लाई भनेर साबनले दिनकै नुहाएर सप्फा हुन पर्नी अरे। मेरा पाला कल्ले सौछ माछाले जै दिनकै नुहाम्न भन्ठानी, साबन भनी बसाउनी रैछ र दशैताका नुहाम्न हुन्छ भनेर जोगाम्न परो भन्ठाने। अनि येसो कपडा धुनी मोति साबनले टाउको नुहाम्थे, त्याँट लास्टाँ एउ फेरा बसाउनी साबन लाएर पखालेर त्याँटी कपाल लर्काएर जान्थे तो भए थिम। मख्ख पर्थी फुलमुति, लाटी त लाटी जो हो।
अब आज लाई यही बिट मारम केरे, बाँकी पछि कुरो अर्दै अरम्ला के रे नि त ।