Posted by: shree5 August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
होला होला दादा, भउतेले ज्यान भरि बिबिरा आओ , असाद्धे चिलाओ पछाडि, कन्याईदेउ न सिरे भनेको थियो मलाई हिजो साँझ । मैले त राति राति कहाँ कोसित के के अर्यो, नाना थरिका लुते आईमाईका लुतो बोकेर आओ, कन्याईदिम भनी फेरि आफूलाई नि सर्नी, के के जाति अर्थोक अर्थोक नि सर्नी होला, आफ्नो फेरि यता फूलमुति सित भोलि भकिम्लो खान जानी पलान। अनि मैले त कुरो टिमले । मैले अनि मेरा नि हाताँ झुसिलकिरा लाओ, तेसो भएर बरु एउटा दाउराले कन्याएर हुनी भा कन्याईदिम्ला, हातका औलाले त भात खान पनि भाछैन भनेर ढाटे। भउतेले हुन्छ भन्यो र तेही असुराका झाङ्बाट २-४ वटा घसेटा भाँचेर तेसका ज्यान दर्फराईदेर गाको । भनेसी लुतो सुतो होईन रहिछ, त्यो तामा त खोसलेर गुदी गुदी मत्रै लान परो केरे मामा कहाँ त, राम्ररी मेसो पाएन होला र तो तामाको सुप्लामा भाको झुस जति लागे होला उसलाई, फेरि घाम अस्ताईसकेसी साँझको बेला परो केरे । कहाँ के के भओ भनेर ठहर्याम्न त दादालाई कल्ले सक्नी, क्यारी थाहा पाम्छन क्यारी, दादाले जम्मै थाहा पाम्छन । नम्ला प्रयोगी, येसो गुन्द्रो तानेर बस्नुस न पटाहामा । के को परैबाट हेर्दे जाँदै अरेको हो गाँठे ? आम्नुस, चा खाएर जानु होला । keep rolling...
Read Full Discussion Thread for this article