Posted by: shree5 August 30, 2005
BHAUTE HARAEKO SUCHANA
Login in to Rate this Post:     0       ?        
पहिला परथम त पुन्टे दाजीलाई धन्नेबाद गरे, है दाजी । अनि ए फुलमुति, क्यार्न भन्नु भाकि थ्यो कुन्नि ? ए साँच्चा, अनि कसका मेलाँ हिडेउ त नि यति बिहानै सखारै? (शिरदेखि पाउ सम्म नियाले पछि) हईन, के भा कि हउ हिजाऽज, अग्घोरै राम्री मान्छु है मैले त ।पैला पैला भन्दा त धेरै निखारिएछौ नि तिमी त । छम्क्याईली भईछौ, जाद्रै । हेर अझ, कपालाँ बसाउनी तेल लाऽर कोरेसी त बाटै बसाई रा 'छ बाई। बरु होस राखे है, कोइ कोई बसाउनी तेललाई त झन तो नरिवलको बसाउनी तेललाई त अरिङ्गाल र बारुलाले नि पछ्याम्छन नि फेरि । बारुलाले टोकेर फेरि तेस्तो घाम जस्तो राम्रो मुख भरि फुडुल्कै फुडुल्का होला नि । कपाल बरु अल्लि लामो भएछ, थोरै एउ बित्ता जति मठार्नी हो भनी त अप्सरै झै देखिन्छेउ ल, कस्सम, जनैले खानी । हाताँ आँसी बोकेको त मेलाँ चाईनी भएरै होला केरे । बरु तो पटुका भनी अलि ठूलो ठूलो भाऽ झै माने केरे, हुन त येसो रोटा, मकै दिउसोलाई अर्नी (tiffin) भनेर हालेको त होला नि, म पुनि छुचो मुन्छे केरे, भक्खरका अलि खिरिला खिरिला तिरी (स्त्री) मुन्छे देखेसी जतापाच्छे हेरि राख्न मन लाग्नी के । भउतेले कुन्नि के के जाति पिरिन्याउँटे पिरिन्याउँटे भनि रहनी केरे, तेही भएर पटुकामै जानी के आँखा पुनि जत्थेर सुकै । बरु भोलि केही अर्थोक मेलाँ जानी काम नभा धुसेनी तिर लेराउ केरे गाई बाख्रा डिङ्गा जति । बनभरि भकिम्लो पाकेर उत्पात छ। घरा ऽट मैले नुन खुर्सानी नि ल्याम्ला के रे, भकिम्लो टिपेर छोप (अचार) बना'र खाम्ला के रे नि त। भोलि डिङ्गा ले र आउ है बन तिर। अपुर थोक अपुर थोक पुनि बात मार्न छ के । Keep rolling...
Read Full Discussion Thread for this article