Posted by: Gautam B. August 29, 2005
Who pays?
Login in to Rate this Post:     0       ?        
This guy spent seven years in custody without any wrongdoing. I am wondering, who is going to pay for his seven precious youthful years? We have only one life. He was inside in the most important age of his life when he could build his career. What a sad news? It makes me cry. सात वर्षदेखि थुनामा रहेका सर्वोच्चको आदेशले रिहा कास काठमाडौं, भदौ १३ - मुद्दा नचलाई सात वर्षदेखि लगातार थुनामा राखिएका एक बन्दी सर्वोच्च अदालतको आदेशले सोमबार रिहा भएका छन् । दोलखा जुगु गाविसका विशाल खडकालाई गैरकानुनी थुनामा राखिएकोमा रिहाका लागि सर्वोच्चले सुरक्ष्ाा निकायका नाममा आदेश जारी गरेको थियो । आदेशबमोजिम उनलाई सर्वोच्चका रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेनाको रोहवरमा छाडिएको हो । रिहाका लागि अदालत परिसरमा राष्ट्रिय मानव अधिकार आयोग र विभिन्न मानव अधिकारवादी संस्थाका प्रतिनिधि उपस्थित थिए । २०५५ कात्तिकदेखि अहिलेसम्म विभिन्न आरोपमा खडकालाई थुनामा राखिएको थियो । दोलखाको जिरी उच्च माविमा १२ कक्षामा अध्ययनरत खडकालाई आफन्तको घर गएका बेला ओखलढुंगाबाट सुरक्ष्ााकर्मीले पक्राउ गरेका थिए । ओखलढुंगाका विभिन्न प्रहरी कस्टडी, सैनिक हिरासत हुँदै उनलाई ०६० मंसिर ८ मा केन्द्रीय कारागार ल्याइएको रिटमा उल्लेख थियो । रिटमा उनलाई सार्वजनिक सुरक्षा ऐन र आतंककारी तथा विध्वंसात्मक कार्य -नियन्त्रण र सजाय) अध्यादेशअनुसार पटक-पटक थुनामा राख्ने पुर्जी थमाइएको आरोप लगाइएको छ । बन्दीका आफन्त रोशन कार्कीले दायर गरेको रिटमा अधिवक्ता बाबुराम दाहालले बहस गर्नुभएको थियो ।
Read Full Discussion Thread for this article