Posted by: himaliketo August 26, 2005
salaa Kukur Ram prasad!!
Login in to Rate this Post:     0       ?        
ढुकुटी लुट्ने 'राष्ट्रवादी' धन्दा १९ माघको शाही घोषणा र राजाको गुणगानमा दोहोरी गाएर आफूलाई 'राष्ट्रवादी पत्रकार' भनाउने रामप्रसाद खनाल 'राष्ट्रवाद' का नाममा आफ्ना ताइ न तुइका गीतको क्यासेट र सिडी बेच्न लागेको रहस्य हिमाल खबरपत्रिका ले फेला पारेको छ । २८ वैशाख २०६२ मा खनालले स्थानीय विकास मन्त्री खड्गबहादुर जिसीलाई 'राजा, जनता र साँचो प्रजातन्त्र' नामक क्यासेट, सीडी र भीसीडी 'अधिराज्यका सबै गाविस, नगरपालिका र जिविसमा पुर्‍याउने गरी खरीद गरिदिन' निवेदन दिएका थिए । मन्त्री जिसीले पनि तत्कालै 'उल्लिखित माग उपयुक्त देखिएको हुँदा आवश्यक कारबाही गर्नुहुन' भनेर सचिवलाई तोक लगाएका छन् (हे. पत्र) । मन्त्री जिसीले यस्तो तोक लगाउनु उनको बाध्यता थियो किनकि यो निवेदनको बोधार्थ राजदरबारलाई पनि दिइएको छ । ती क्यासेट, सीडी र भीसीडीमा गीत/सङ्गीतको मर्म छँदैछैन, दलहरू माथि गरिएका भद्दा गाली र दरबारको चरम चाकडीको कर्कश स्वर मात्रै छ । खनालको योजना अनुसार ५८ वटा नगरपालिकालाई २० का दरले ११६० वटा, ७५ जिविसलाई १५ वटाका दरले ११२५ र ३९१६ गाविसलाई ९ वटाका दरले ३७०४४ गरी जम्मा ४०३२९ क्यासेट र त्यति नै सीडी खरीद गर्न प्रस्ताव गरिएको छ । सबै गाविस, नपा र जिविसका लागि स्थानीय विकास मन्त्रालयले नै खरीद गरिदिनुपर्ने खनालको प्रस्ताव छ । मन्त्रालयले तत्कालै सबै जिविसलाई क्यासेट खरीद गरिदिन पत्र लेखेपछि जिविसहरूले पनि गाविसलाई पत्र लेखेका छन् । १७ जेठ २०६२ मा धनकुटा जिविसले खनालको त्यो क्यासेट, सीडी, भीसीडी खरीद गर्न सबै गाविसलाई लेखेको पत्र हिमाल सँग सुरक्षित छ । ? गोपाल दाहाल, सुनसरी
Read Full Discussion Thread for this article