Posted by: Deep August 26, 2005
Login in to Rate this Post:
0
?
दशैं र त्यारका बिचाँ च्याप्या दिन चलेका थे तेतिबेला। बाङ्गे, म र बाले (बालकृष्ण तेसको नाम)एक दिन सरसोतिथान बाट
दर्जनौ खुडकिला ओर्लदै लागिम सत्तेनारन मन्दिर तिर ढुङ्गे धारो बायाँ पार्दै। छ्याक
तेतै कतै हुनुपर्ने थ्यो। सत्तेनारन थानमा सक्रान्ति छोडेर सधैं सुनसान। त्यो बिरानो
ठाममा सतकौं घुँडा मारेर त्यो पनि ढुङ्गे खम्बा माथि चालचुल नगर्ने सत्तेनारन
लाई नमस्ते गर्या गरेइ...कति दिक्क लाग्या हुँदो हो यो गरुडलाई भनेर एक
थरी दयाबानहरुलाई एक ताका मनमा गाँठो परेछ र तारतम्मे मिलारै होला गरुडलाई गुप्त
भ्रमण गराउने हेतुले हरण गरेछन तर के को हिसाब किताब मिलेन की गरुडको
दशा बिग्रेर हो पुलिसले पत्ता लायो र गरुडको भर्मण अनिश्चित कालको लागि स्थगित मात्रै भएन फलामे बार भित्र बन्दी पनि हुन पर्यो बिचरा गरुडलाई। भ्रमणको
बेबस्था गर्नेहरु चैं खुलेआम भए सोझो गरुड पर्यो थुनामा। सोझोको मुखमा घोचो भन्या तेस्तै होला।
ए! कताको कुरो कता पुगेछ। जे होस, तै सत्तेनारन थान पछाडी
भेटभो छ्याकलाई। छ्याक र डेनि ध्वाँ उडार बसिरा रेछन। डेनिको नाम त अर्कै
हो तर त्यो हिन्दी सिनेमा जयनेपालमा हेर्दा हेर्दै डेनिको भक्त भो। उसको नामले
बोलाए रिसाउने, डेनि भने मुस्काउने गर्न थाल्यो। तेसो गरेसि डेनि हुन के बेर लाग्थ्यो।
टिन लाई तिन र तीन लाई टिन भन्ने भे पनि साथी हेर्दा हेरदै दुई चार दिनमै डेनि भै गो।
डेनिलाई उ आफै चै बरु देनि भन्थ्यो।
त्या ह्वाकर्याङ्ग खेल्थिम हामि। त्यो दिन बाङ्गे निकै तात्या थ्यो खेल्न। नयाँ हवाक्र्याङ्ग बालेले "भि" आकारको उसको
औजारले कोतरेर तु बनायो। कित्ता (चुरोटका बट्टा), पैसा, गुच्चा जे छ त्यै राखेर खेल्ने गर्या थ्यो हाम्ले।
नियम त सधै उही तै पनि दोर्याउनै पर्यो: जोर छिया छुने, बिजोर फुटाउने,
सबै छिया ढुस। ढक भले नि ढुस। धाप हान्ने छैन। बाले, म, छ्याक, बाङ्गे र डेनि
गरेर पाँच जनाको पाचँ वटा गुच्चा खालमा। ढक छ्याकको ठुलो पानी गुच्चा थियो।
खेल चल्यो। बाङ्गे थाल्यो हार्न। मैले अलि अलि जिते नी छ्याकलले हरिप
चार छिया एक्लि भलेर बबाल जितिराथ्यो। डेनि म त साउँ का ताँउ भन्थ्यो खाली।
बाले चै जति जिते पनि हारेँ भन्ने तर खासमा त्यो दिन बाङ्गे हार्या थ्यो। आफु
हार्या र छ्याकले जित्या दुइटै देखेर बाङ्गे सन्किन खोज्दैथ्यो। छ्याकले फेरि
चार छिया एक्लि भल्यो। एक्लि अलि हाइटमा भा भेर त्यै हो भनिम। छ्याकले
कपेर ढक हान्यो। बाङ्गेले एउटा खुट्टा उचालेर गुर्लि..गुर्लि भन्या त हो तर
ढकले टेरेन। खायो छ्याकले। छ्याकलाई घुर्दै बाङ्गेले भन्यो तँ ##जि धाप
नहान है मा######।
ढक हान्ने अघि धाप हान्या छैन क्यारे त..छ्याकले
उसको बेला बखतमा हान्ने ढापको समर्थन गर्यो।
बाङ्गेको दशा रे छ त्यो दिन ...उ पनि चार छिया एक्लि पार्न खोज्थ्यो कि त सबै छिया
ढुस हुनि कि तिन छिया पर्ने। तिन छिया फुटाउँदा ढुस हुनी बचाउन खोज्दा नी
गुर्लेर ढुस हुनी।