Posted by: shirish August 26, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Lou real chahi pani tanserea ma gayen week end manauna: तिम्रो प्रेमीको बहार झर्दा, म ऊपहार हुनु पर्ने ! मुटु दुखाउँछ जब , तब म उपचार हुनु पर्ने ! तिम्रो प्रतिष्ठा बचाउन, गोली खाई शिकार हुनु पर्ने, घाईते भै स्याहार सुसार माग्दा, बेकार हुनु पर्ने ! सामर्थ्य छ अझै उच्च शिखर भै आकाशलाई चुम्ने बाध्य भै तिम्रा पाईलाको, सधैं आधार हुनु पर्ने ! आफ्नोलागि, शान्तिसित वाँच्ने, फुर्सद कहाँ छ? सदैब तिम्रा फाल्तु युध्दकोनिम्ति तैयार हुनु पर्ने ! टल्किन्छु, चम्किन्छु, अस्तित्व बनाउनकोलागि कुनै तारिफकालागी तिम्रै जुहार हुनु पर्ने ! मेरा बिशेषता: तिम्रा निम्ति पानी पानी भए तिम्रो ईच्छाको आकार बन्न, निराकार हुनु पर्ने
Read Full Discussion Thread for this article