Posted by: newuser August 26, 2005
HOuse revival ??
Login in to Rate this Post:     0       ?        
Shree5 जी विग्रिसकेको त अझै छैन तर जुन शङ्का पहिलेदेखि व्यक्त भैरहेको थियो त्यो यथार्थ बन्ला जस्तो पो छ। महाराजले बेहोरेको चौतर्फी घृणा, राजदूत महोदयहरुको चुरीफुरी, गिरिजाहरुको आत्मसमर्पण आदि ईत्यादिलाई केलाउँदा सर्बोच्च अदालतले मरिसकेको संसद अनि मृत्युशैयामा पुगिसकेको राजसंस्थालाई संजिवनी दिने र फेरी जनताका आँखामा पतित हुने गरि पूराना सांसदहरुलाई सत्ताको भ-याङ्ग चढाउने सम्भावना प्रवल छ। महाराजको पाप पनि पखालिने अनि गिरिजाहरु कुर्सीमा पनि पुग्ने यो भन्दा उत्तम उपाय के होला ? सप्पै अपजसहरु फेरी नेताका काँधमा बोकाएर पानी माथीको उभानो हुँदा दरबारको आयु स्वत: लम्विने भैहाल्यो। पूर्ण लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको माहोललाई दुषित पार्ने यो भन्दा ठूलो षड्यन्त्र अर्को के हुनसक्ला ? माओवादीहरुको जगजगीलाई झन चर्काउने यो भन्दा उत्तम उपाय अर्को के होला ? अनि माओवादीलाई तह लगाउने अन्तिम अश्त्रका रुपमा छिमेकी सैनिकहरुलाई गुहार गर्नुपर्ने दिन अब कति टाढा होला ? खुबै प्रचारवाजी पाएको ध्रुविकरण कति अतिरंजित रहेछ त्यसको उदाहरण हो यो। मानिसहरु इमान्दार नभएसम्म न त ध्रुविकरण सफल हुन सक्छ न त लोकतन्त्रको मार्ग प्रशस्त हुनसक्छ। हाम्रो राजसंस्था, नेता र माओवादीहरु सबै देशलाई जीर्ण र कंगाल बनाउने षड्यन्त्रको नाटकका पात्र हुन, नाटकका शुत्रधारहरुले त नाट्यशाला बाहिरबाटै निर्देशन दिइरहेका छन्। हामी नेपाली जातिमा इमान्दारी पटक्कै छैन, त्यसैले देशले सँधै यस्तै नियति भोग्नु परिरहेको छ। अझै एउटा झिनो आशा वाँकि छ। महाराजको कपटपूर्ण मनशाय नफेरिएको होस। तुलसी गिरीहरुको गिरिजालाई जिल्ल्याउने दृढता अझ बलियो बनोस। राजाले राष्ट्रसंघको महासभाबाट फर्केपछि गिरिजालाई लोप्पा ख्वाइदिउन। तँलाई प्रधानमन्त्री ? ई खा! भनेर देखाइदिउन। पार्टीहरु भित्रका इमान्दार पंक्तिले विद्रोह गर्न सकुन। गगन, नरहरी, शंकर पोखरेल, राजेन्द्र राई, लिलामणि र बाबुरामहरु बीच तालमेल होस। अनि इमान्दार नेपालीहरु बीच एकता होस। तैपनि सँधै झै एउटा डर मडारिरहन्छ - ध्रुविकरण साह्रै कठीन छ किनकी नेपालीहरु साह्रै बेइमान हुन थालेका छन्। देशको दुर्भाग्य! जदौ।
Read Full Discussion Thread for this article