Posted by: Dada_Giri August 25, 2005
Amazed by INLS networks
Login in to Rate this Post:     0       ?        
आमन्त्रण! अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान हाँगाले यही सेप्टेम्बर महिनाको ४ तारिक यसका बिबिध कृयाकलापहरुको रुपमा बिदेशमा रहेका नेपालीहरुको जन-जिवनलाई आधार बनाएर तयार पारिएको नेपाली चलचित्र "इस्टमित्र" प्रदर्शन गर्न गइरहेको कुरा जानकारी गराउँदछौँ। स्थान: आसागाया, टोकियो मिति: २००५ सेप्टेम्बर ४ (आइतबार) समय: अपरान्ह १ बजेदेखि प्रवेश शुल्क: २००० येन (विद्यार्थीहरुका लागि २५% सहुलियत प्रदान गरिनेछ।) बिस्तृत जानकारीका कृपया तलको लिन्क हेर्नुहोला। http://www.nepaljapan.com/Advertisement/isthamitra.htm अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान हाँगाको सूचना "भाषा सभ्यताको मुल हो" र "साहित्य समाजको दर्पण हो" भन्ने मान्यता बोकेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्वका बिभिन्न देशहरुमा छरिएर रहेका नेपाली भाषा र साहित्यका अनुरागी र शुभचिन्तकहरुको साझा थलो हो। यसै क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान हाँगाले यही आउने सेप्टेम्बर महिनको ४ तारिक आइतबारका दिन नयाँ कार्य समितिको संरचना र भावी कार्यक्रमहरुका विषयमा छलफल गर्ने योजना तय गरिएको हुँदा इच्छुक सबैको सहयोग, सुझाब र सम्भव भएसम्म सहाभागिताको अपेक्षा गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यसै सुचना मार्फत अबगत गराउन चाहान्छौँ। यस सम्बन्धी यहाँका जिज्ञासा, सल्लाह र सुझाबहरु भएको खण्डमा हामीलाई इ-मेलबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। साम्पर्कका लागि हाम्रो विद्युतीय ठेगाना: japan@inls.org अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान हाँगाको बारेमा: http://www.inls.org/japan/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा: http://www.inls.org/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, जापान हाँगा
Read Full Discussion Thread for this article