Posted by: sardarsing August 25, 2005
Big White Elephant, Must See!
Login in to Rate this Post:     0       ?        
भ्रमणको तयारी गुप्त रूपमा दरबारभित्र सीमित व्यक्तिले गरिरहेका छन् । विश्वस्त सूत्रका अनुसार, १६ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्नुभन्दा आठ दिनअघि युरोप हुँदै अमेरिका जाने, प|mान्समा युरोपस्थित नेपाली राजदूतहरूलाई भेटी परामर्श गर्ने र महासभाको बैठकपश्चात् अमेरिका बस्दा शाही कदमको पक्षमा र्समर्थन जुटाउन राष्ट्रपति जर्ज डब्ल्यू बुस, पर्ूव राष्ट्रपति जिमी कार्टरसँग भेट्ने राजाको चाहना अनुरुप कार्यक्रम बनिरहेको छ । अहिलेसम्म राजाले अमेरिकी राष्ट्रपति र पर्ूव राष्ट्रपतिसँग भेट गर्न पाउने निश्चित भइसकेको छैन । तर राष्ट्रपति बुससँग भेट हुन कठिन रहेको जानकारी अमेरिकी राजदूत मोरिआर्टर्ीी अघिल्लो साता र्सार्वजनिक गरिसकेका छन् । १९ माघपछि, राजाबाट पहिलो भ्रमण -७-१६ वैशाख २०६२) इन्डोनेसियाको जकार्तामा भएको थियो । सो एसियाली-अप्रिmकी शिखर सम्मेलनमा भाग लिन जाँदा तीन लाख ५० हजार अमेरिकी डलर -रु.२ करोड ४५ लाख) र डेढ करोड नेपाली मुद्रा गरी रु.४ करोड खर्च भएको थियो । राजाको दोस्रो भ्रमण -३० जेठ-८ असार, २०६२) मा पनि तीन लाख ५० हजार अमेरिकी डलर र रु.४ करोड २५ लाख खर्च भएको थियो । यो भ्रमण कतारको दोहामा आयोजित विकासशील राष्ट्रहरूको सङ्गठन '७७ समूह र चीन'को दोस्रो शिखर सम्मेलनमा भाग लिनु र संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नका निम्ति भएको थियो । राजाको जस्तै खर्चिलो थियो युवराजको भ्रमण पनि । युवराज दम्पतीबाट २० असारदेखि २ साउनसम्म भएको जापान र कोरिया भ्रमणका बेला पनि चार लाख अमेरिकी डलर र रु.१२ लाख नेपाली मुद्रा गरी रु.३ करोड खर्च भएको छ । राजाको प्रतिनिधित्व गर्दै युवराजाधिराज पारस साउदी अरबका नरेश फाद विन अब्दुल अजिज अल साउदको निधनमा समवेदना प्रकट गर्न १९-२० साउनमा साउदी अरेबियाको भ्रमण गरेका थिए । यसमा समेत रु.५० लाखको हाराहारीमा खर्च भएको छ । यसरी १९ माघपछि राजा, रानी, युवराज, युवराज्ञीले गरेको विदेश भ्रमणको खर्च रु.२३ करोडको हाराहारीमा पुगेको देखिन्छ । From Himal Kabar Patrika
Read Full Discussion Thread for this article