Posted by: sardarsing August 25, 2005
Big White Elephant, Must See!
Login in to Rate this Post:     0       ?        
महङ्गा भ्रमण राजा, रानी, युवराज र युवराज्ञीले १९ माघपछि गरेका विदेश भ्रमणमा रु.१३ करोड खर्च भइसक्यो । राजालाई अब संयुक्त राष्ट्रसंघको महासभामा जान रु.१० करोड निकाल्ने तयारी भइरहेको छ । पाँच वर्षघि राष्ट्रसंघीय महासभाको बैठकमा भाग लिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको नेपाली टोलीले जम्माजम्मी रु.६० लाख खर्च गरेको थियो भने यसपटक राजा ज्ञानेन्द्र स्वयं जाँदा त्यो खर्च हृवातै बढेर न्यूनतम रु.९ करोड पुग्ने भएको छ । एक उच्च सरकारी सूत्रका भनाइमा, दरबारले भ्रमणका लागि रु.९ देखि १० करोड लाग्ने भन्दै सम्बन्धित निकायहरूलाई त्यसको प्रबन्ध मिलाउन भनिसकेको छ । विदेश भ्रमणको खर्चका लागि मन्त्रिपरिषद् बैठकले निर्ण्र्ाालिनु अनिवार्य हुन्छ । तर अहिले राजा स्वयम् अध्यक्ष रहेको मन्त्रिपरिषद् छ । राष्ट्रसंघीय महासभाको बैठकमा भाग लिन जाँदा तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टोलीले मुश्किलले रु.६० लाख खर्च गरेको अनुभव सम्हालेका पर्ूव अर्थमन्त्री डा. रामशरण महतले यसपटकको राजाको भ्रमण खर्च सुन्दा आर्श्चर्य मानेर प्रश्न गरे, "त्यत्रो खर्च -" महासभालाई मध्यनजर गरी गत बुधबार संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि नियुक्त भएका परराष्ट्र सचिव मधुरमण आचार्यलाई समेत राजाको भ्रमणका बारेमा पर्याप्त जानकारी छैन । उनले भने, 'भ्रमणको औपचारिक निर्ण्र्ााभइसकेको छैन । तालिका र एजेण्डा पनि बनिसकेको छैन ।"
Read Full Discussion Thread for this article