Posted by: Turbulence August 22, 2005
TThis is not the Monarchy Era - Damannath Dhungana
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/Nepal/sambad.php "यो राजाको युग नै होइन" "दमननाथ ढुङ्गाना" सरकार-माओवादीबीच जतिचोटि वार्ता भए, पूर्वसभामुख दमननाथ ढुङ्गाना हरेकपटक त्यसलाई सफल बनाउन सहजकर्ताको भूमिकामा लागिपर्नुभयो । पछिल्लो वार्ता टुटेको दुई वर्षपछि अहिलेचाहिँ उहाँ संवादको कुनै सम्भावना देख्नुहुन्न । बरु मुलुक गणतन्त्रतर्फ गइरहेको दाबी गर्नुहुन्छ । प्रस्तुत छ, उहाँसँग तिलक पाठक को संवाद ः अबचाहिँ शान्तिवार्ताको सम्भावना नै छैन त ? राजाको शासन भइन्जेल म त सम्भावना देख्दिनँ । वार्ता हुनका लागि जनप्रतिनिधिको हातमा कार्यकारिणी अधिकार आउनुपर्छ । तीन वर्षभित्र चुनाव गरेर कार्यकारिणी अधिकार सुम्पने राजाको भनाइ छ नि ! चुनाव कसले गर्ने ? राजाले आफ्ना भाइ-भारदार, आठपहरिया, पुराना पञ्चहरू राखेर मात्र चुनाव हुन्छ ? चुनाव गर्न त सर्वसम्मति चाहिन्छ । यदि राजाको चुनाव गराउने मनसाय भए यिनले यतिका 'प|mन्ट' किन खोल्थे ? आफूसँग भएका राजनीतिक दललाई यति टाढा किन धकेल्थे ? सैनिक बलबाटै समाधान गर्न खोजिएको हो कि ? जनता राजासँग नरहेपछि जित्न कसरी सम्भव छ ? सेनाले पनि जनतालाई छाडेर कसको लागि लडिरहने ? आखिर यसरी त मर्ने जनताकै छोरा हुन् । अहिले त मुसा मरेको हो कि मानिस, गणना नै छैन । राज्य मान्छे मार्ने यन्त्र भइरहेको छ । राजा 'सम्पूर्ण राज्य म नै हुँ', 'सम्पूर्ण राज्य मेरो हो' भन्ने किसिमले आएका छन् । हापुरेमा संविधानसभा मान्दिएको भए यस्तो केही हुँदैनथ्यो । उनले संविधानसभा नमान्दा नै यो स्थिति आएको हो । त्यतिखेर वार्ता भङ्ग हुनाको कारण के थियो ? त्यतिखेर संसद् थिएन, जनप्रतिनिधित्व थिएन । राजाको चाहनामा वार्ता भयो । तर, उनले संविधानसभा दिन मानेनन् । जनताले संविधान बनाउने हक खोज्दा राजाले हुँदैन भन्न पाउँछन् ? त्यसबेला संविधानसभा दिएको भए त्यसले राजाका लागि कुनै ठाउँ राख्ने थियो । अहिलेजस्तो गणतन्त्रको हावा आइसकेको थिएन । राजा र सेना संसद्को अधीनमा आउने, संवैधानिक राजतन्त्र रहने नै थियो । अब त वार्ता भयो भने पनि म भन्न सक्दिनँ । हापुरेको विफलतापछि दुई वर्षको बीचमा गणतन्त्रको हावा लागिसकेको छ । अब संविधानसभामा सहमति हुँदैन त ? अब गणतन्त्रको हावा कसले बन्द गर्ने ? माओवादी नेताहरूले नै संविधानसभा छाडेका छैनौँ भन्दैछन् नि ? बढी भइसकेपछि घटी कसले लिन्छ ? राजनीतिक दलहरूले नै गणतन्त्रको कुरा ल्याइसकेका छन् । अब जनताले किन घटी लिने ? राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन भन्ने कुरा दुई वर्षअघि त थिएन । तर, अब लोकतान्त्रिक गणतन्त्रको कुरा छ । यो कसले ल्यायो ? राजालाई राज्य गर्न मन छ, जनतालाई गणतन्त्र चाहिएको छ ।
Read Full Discussion Thread for this article