Posted by: Ok August 21, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
शाही शासनका हेर्ने आँखामा आप\mनै मौलिकता छ । यो अधोमुखी मौलिकता हो । ब्याङ्कको रकम हजम गरी मुगलान भासिने वीरलाई यस शासनले चिन्छ । उसलाई चिनारीको सिफारिस चाहिँदैन । हत्याचारी, परस्त्रीगामी, प्रतिगामी, पातकी र दमनकारी पात्रहरूलाई यस शासनले चिन्छ । निजहरूलाई चिनारीको सिफारिस चाहिँदैन । तर, सोझासीधा, देशप्रेमी र गरिखाने नागरिकलाई यो शासन चिन्दैन । तिनलाई चिनारीको सिफारिस चाहिन्छ । आफूद्वारा सताइने नागरिकहरूको मौन चीत्कारमा शाही शासन सके सङ्गीतको सुमधुर धुन सुन्छ । र, सके तिनको खतीमा, तिनको पीडामा, तिनको औडाहामा आनन्दको अनुभूति गर्छ । अन्यथा यस शासनमा कहीँ नभएका यी नरपीडक नियम, कहीँ नभएका यी बन्देज र कहीँ नभएका यी निषेधहरू किन ?
Read Full Discussion Thread for this article