Posted by: Gautam B. August 21, 2005
GIRJE MURDABAD!
Login in to Rate this Post:     0       ?        
कोइराला संसदीय राजनीतिको सबैभन्दा ठूलो विडम्बना र त्रासदीको प्रतीक, अझ सबैभन्दा ठूलो प्रदूषक हुनुहुन्छ । ०४६ सालको जनआन्दोलनपछिको र्ऊवर क्षणलाई सर्वसत्तावादको जाँतोमा पिस्ने उहाँ नै हुनुहुन्थ्यो । मुलुकलाई आर्थिक रूपमा भ्रष्ट र दिशाहीन उदारीकरणतिर, सामाजिक रूपमा विभाजनतिर र सांस्कृतिक रूपमा भ्रष्टाचारतिर मिल्काउने श्रेय पनि उहाँलाई नै जान्छ । प्रजातन्त्रलाई तल्लो दर्जाको नेताशाही र प्रजातान्त्रिक प्रक्रियालाई कर्मकाण्ड सावित गरेर कोइरालाले ०४६ सालको जनआन्दोलनपछिको प्रजातान्त्रिक आवेगलाई विराट मोहभङ्गमा परिणत गरिदिनुभयो । उहाँले गणेशमान सिंहलाई पहिले बदनाम गर्नुभयो र पछि किनारा लगाउनुभयो । कोइरालाले वाचाहरूलाई जुसझैँ पिउनुभयो । ०५३ सालमा देउवालाई संसदीय दलको नेताबाट राजीनामा गर्न लगाउँदा उहाँलाई पार्टी सभापति बनाइदिने कागज नै गरिदिनुभएको थियो । पार्टी फुट्दा रामचन्द्र पौडेललाई नेतृत्व सुम्पने वाचा गर्नुभएको थियो । आफ्ना नाममा तेस्रो आमनिर्वाचन नजितिने भएपछि उहाँले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर बहुमत हासिल गर्नुभयो तर जसका नाममा चुनाव लडियो, त्यसैलाई सय दिन नपुग्दै सत्ताबाट हटाउन अभियान सुरु गर्नुभयो । प|mान्सको भ्रमण गरेर र्फकन्छु र राजीनामा दिन्छु भनेर भट्टराईले आँसु झार्नुभयो तर कोइरालासँग त्यति पनि धैर्य थिएन । ०५८ साउन ४ गते प्रधानमन्त्रीका रूपमा अन्तिमपटक राजीनामा दिँदासम्म उहाँ यति बदनाम भइसक्नुभएको थियो कि बाढी, पहिरो र अरू प्राकृतिक विपत्तिलाई समेत जनता कोइराला शासनमा हुनुको अपसगुन मान्थे । कोइरालाले भरत गुरुङ, जगत गौचन र डीबी लामालाई चोख्याउनुभयो । वीरेन्द्र कनौडिया र नारायणसिंह पुनलाई सत्तामा ल्याउनुभयो । उहाँले काङ्ग्रेसलाई न पार्टी रहन दिनुभयो, न आन्दोलन । बरु सत्ताको औजारमा परिणत गरिदिनुभयो । कोइराला युग एउटा घाउ हो, जहाँबाट अझै आलो रगत बगिरहेको छ । त्यो केवल इतिहास होइन बरु दुःस्वप्न हो, यस्तो दुःस्वप्न जसले अहिले राजाको तानाशाहीलाई नकारात्मक ऊर्जा दिइरहेको छ । कोइराला परिवारले मुलुकलाई दुई हातले दुह्यो र राष्ट्रको धमनीमा भ्रष्टाचारको कालो रगत भरियो । 'कहिल्यै पछि फर्केर नहेर्ने' कोइरालाले देशलाई पछि फर्केर हेर्न केही बाँकी राख्नुभएन । त्यही कालखण्डको त्रासद् सम्झनाले अहिले जनतालाई सडकमा आउनबाट रोकिरहेको छ । कोइरालालाई आफ्नै अतीतले लखेटिरहेको छ । शाही आयोग र अख्तियार लाउडा र धमिजाकाण्डका पाप सुँघिरहेका छन् । त्यसैले कोइरालालाई राजाको तानाशाहीभन्दा भ्रष्टाचारले लखेटिरहेको छ । संवैधानिक राजतन्त्र काङ्ग्रेसको आदर्श होइन, सम्झौता हो । सम्झौताहरू समीकरणसँगै बदलिन्छन् भन्ने तथ्य कोइरालाको जानकारीमा नभएको होइन । सायद उनी गगन र नरहरिको बलि चढाएर सफाइ चाहन्छन् । यति अभिशप्त र सन्त्रस्त पात्रलाई आन्दोलनको अगुवा बनाएर कोही लोकतन्त्रमा पुग्न चाहन्छ भने हाँस्न मात्र सकिन्छ ।
Read Full Discussion Thread for this article