Posted by: Gautam B. August 21, 2005
GIRJE MURDABAD!
Login in to Rate this Post:     0       ?        
I agree totally with this article in Nepal. आवरण/विश्लेषण कोइरालाको सक्कली अनुहार रूसोले आत्मकथा कन्फेसन्स मा भनेका छन्, "इतिहासलाई कार्पेटमुनि लुकाएर न कोही नायक बन्न सक्छ, न बनाइन सक्छ ।" इतिहासका सबै खत माफ गरेर एकथरी क्षमाशील वाम र प्रजातन्त्रवादीहरूले बलजफ्ती लोकतान्त्रिक आन्दोलनको 'नयाँ गणेशमान' बनाउन चाहेका गिरिजाप्रसाद कोइरालाले फेरि एकपटक यसलाई सही प्रमाणित गर्नुभएको छ, आफ्नै पार्टीका नरहरि आचार्य र गगन थापालाई दरबारिया भनेर । कोइरालाले आफ्नै रथका घोडामाथि तोप दागेको यो पहिलोपटक होइन । २०४६ सालपछिको उहाँको इतिहास यति विद्रुप छ कि त्यसलाई न्याय गर्न निकै कम विम्ब मात्र उपलब्ध छन् । वास्तवमा उहाँ इतिहासको यस्तो तामसिक र मूढ पात्र हुनुहुन्छ, जो कहिल्यै आत्मसमीक्षा गर्दैन । सधैँ असुरक्षा महसुस गर्छ र प्रत्येक स्वतन्त्र छविमाथि धावा बोल्छ । सधैँ आस्था होइन, घृणाको राजनीति गर्छ र मित्र होइन, शत्रुको रचनामा अभ्यस्त छ । उहाँले सधैँ सत्ताको राजनीति गर्नुभयो । सत्ताको राजनीतिमा न नैतिकताको अर्थ हुन्छ, न त वैचारिकताको । त्यसैले कोइराला सत्ताको संवाहक होइन, सत्ताको रखैलमा परिणत हुनुभयो । सिंहदरबारबाट बढारिएर रत्नपार्कको एउटा कुनामा बटुवाहरूको गाली सुन्दै मलिन मुद्रामा अनसन बस्ने हैसियतमा आइपुग्दा पनि कोइरालाभित्र कति विष र बेइमानी बाँकी छ, यस प्रकरणले देखाएको छ । कोइराला समर्थन माग्नुहुन्न, खोस्नुहुन्छ । उहाँ पार्टीको धारणा बोल्नुहुन्न, उहाँ बोलेपछि पार्टीले त्यसलाई धारणा बनाउनुपर्छ । उहाँ छलफल गर्नुहुन्न, निर्णय सुनाउनुहुन्छ । उहाँ प्रस्ताव गर्नुहुन्न, हुकुम दिनुहुन्छ । एउटा तानाशाहका सबै गुण उहाँमा छन् तर एउटा प्रजातन्त्रवादीका कुनै गुण उहाँमा छैनन् । कोइराला परिवार काङ्ग्रेसको शाही परिवार हो । मुलुकमा गणतन्त्र आउला तर कोइरालाले सक्दासम्म काङ्ग्रेसमा गणतन्त्र आउँदैन । ०४७ सालपछि कोइरालाको राजनीतिक जीवन मूढता, प्रतिशोध, छल र अन्तर्घातका असङ्ख्य कथाहरूले भरिपूर्ण छ । ०४६ चैत २७ मै 'यो जित पञ्चको पनि हो' भनेर पहिल्यै उहाँले दण्डहीनताको बाटो खोलिदिनुभयो । संविधान निर्माणकालमै दरबार होइन, पार्टीभित्रका विरोधी र कम्युनिस्टहरूलाई आक्रमणको पहिलो निसाना बनाएर उहाँले आन्दोलनकारीहरूबीच फुट र घृणा निम्त्याउनुभयो । कालान्तरमा त्यस घृणाले प्रतिगमनलाई मलजल गर्?यो । पहिलो आमनिर्वाचनमै आफ्नै पार्टी सभापति एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरेर उहाँले जनमत होइन, षड्यन्त्रको राजनीतिलाई संस्थागत गर्नुभयो ।
Read Full Discussion Thread for this article